होमपेज > नेपाली सेनाको हेलिकप्टरबाट दुई गर्भवतीको उद्धार

नेपाली सेनाको हेलिकप्टरबाट दुई गर्भवतीको उद्धार

बिज्ञापन
बिज्ञापन

मकवानपुरको उत्तरी क्षेत्रस्थित बाढी प्रभावित क्षेत्र सिस्नेरीबाट दुई जना गर्भवतीको हेलिकप्टरबाट उद्धार गरिएको छ । आज बुधबार नेपाली सेनाको हेलिकप्टरबाट ललितपुरस्थित पाटन अस्पतालका लागि गर्भवतीलाई पठाइएको इन्द्रसरोवर गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीले जानकारी दिए ।

बिज्ञापन

सिस्नेरी स्वास्थ्य चौकीमा प्रसुतिका लागि पाँच दिन अगाडिनै पुगेका इन्द्रसरोवर-३ दाप्राङ घर भएकी सुकिमाया वाइवा र इन्द्रसरोव-३ सानुटार बस्ने शुसिला घिसिङलाई प्रसुति गराउन नसकिएपछि हेलिकप्टर मार्फत् काठमाडौं पठाइएको पुडासैनीले बताए । उहाँहरू मध्ये एक जना पाँच दिन अगाडि र अर्का एक जना ४ दिन अगाडि स्वास्थ्यचौकीमा आउनु भएको रहेछ । ‘सुत्केरी हुने समय नाघिसकेको तर सुत्केरी हुन नसकेपछि थप घट्ना नहोस भने तत्कालै हेलिकप्टरबाट उद्धार गरेका हौं, अध्यक्ष पुडासैनीले भने ।

बिज्ञापन

उनले रक्षा मन्त्रालयमार्फत हेलिकप्टरबाट उद्दार गर्न तीन दिन अघिदेखिनै प्रयास गरिरहे पनि आज सफल भएको बताए । पहिला रक्षा मन्त्रालयमार्फत् उद्धारक प्रयास गरेका थियौं। गाउँपालिकाले मंगलबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा लिखित अनुरोध गरेपछि सेनाको हेलिकप्टरबाट उद्धार हुन सफल भएको छ’,उनले भने । वर्षाका कारण इन्द्रसरोवर गाउँपालिका जोड्ने सबै सडकमार्ग अवरुद्ध रहेको छ । वर्षाले कुलेखानी जलविद्युत केन्द्र भरिएपछि शनिबार बिहान जलाशयको दुई वटा ढोका खोलेर पानी छोड्दा कुलेखानी खोलामा आएको बाढीले सिस्नेरी सडक सञ्जालको सम्पर्कबाट टुटेको छ । सडकनै खोलाले बगाएपछि गर्भवतीलाई थप उपचारका लागि सडक सञ्जालबाट अस्पताल लान सकिएको थिएन ।

इन्द्रसरोवर गाउँपालिका-३ सिस्नेरीस्थित बत्सलादेवी माविको एन्फा एकेडेमीमा फुटबल सिक्दै आएका ६ जना बालकको शनिबार बिहान पहिरोमा पुरिएर मृत्यु भएको थियो । पहिरोमा पुरिएर मृत्यु भएका छ बालकको शवसहित त्यहाँ अध्ययनरत ३४ जना विद्यार्थीलाई शनिबार साँझ सेनाको हेलिकप्टरबाट उद्धार गरिएको थियो ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते