निर्जीवन बीमा कम्पनीहरुले चालु आवको दुई महिनामा ७ अर्ब ८५ करोड ७० लाख रुपैयाँभन्दा बढी कुल बीमा शुल्क आर्जन गरेका छन् ।
बिज्ञापन
नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्यांक अनुसार यी कम्पनीहरुले कुल ४ लाख ७० हजार ५ सय १४ वटा बीमा पोलिसी बिक्री गरी सो बीमा शुल्क संकलन गरेका हुन। चालु आवको पहिलो दुई महिनामा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) ले सबैभन्दा धेरै बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले १ अर्ब १ करोड २१ लाख रुपैयाँ कूल बीमा शुल्क संकलन गरेको छ । त्यस्तै, दोस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले ८१ करोड ३३ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ । तेस्रोमा शिखर इन्स्योरेन्स कम्पनीले ७२ करोड ३४ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।
बिज्ञापन
त्यसैगरी, युनाईटेड अजोडले ४५ करोड, आईजिआई प्रुडेन्सियलले ५८ करोड, सानिमा जिआईसीले ३९ करोड, हिमालयन एभरेष्टले ६० करोड, एनएलजी इन्स्योरेन्स कम्पनीले ४८ करोड १६ लाख, प्रभु इन्स्योरेन्स कम्पनीले २९ करोड ४१ लाख, नेको इन्स्योरेन्स कम्पनीले ५८ करोड नेशनल इन्स्योरेन्स कम्पनीले ३७ करोड २६ लाख, दि ओरियन्टल इन्स्योरेन्स कम्पनीले ४४ करोड र नेपाल इन्स्योरेन्स कम्पनीले ४३ करोड रुपैयाँ कूल बीमा शुल्क संकलन गरेको छ ।







