माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रको बाँधस्थलमा रहेको हेडवर्क्समा पहिरोले पुरिएर बेपत्ता भएका ३ जनाको शव फेला परेको छ ।
बिज्ञापन
आइतबार साँझ प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले विद्युत् गृहनजिकै क्षतविक्षतमा ३ जनाको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । प्रहरीका अनुसार १ जना अझै बेपत्ता रहेका छन् ।
बिज्ञापन
आइतबार साँझ नेपाली सेनाको गरूड गण दोलखामा कार्यरत बैतडीका शंकर चन्द र तामाकोशी जलविद्युत् केन्द्रमा कार्यरत नवलपरासी प्रतापपुरका कृष्णप्रसाद चौधरी र दोलखाको विगु गाउँपालिका-१ स्यालुका ३० वर्षीय जयराम तामाङको शव भेटिएको डीएसपी युवराज खड्काले बताए ।
पहिरोमा परेका नेपाली सेनाका नरेन्द्रबहादुर पाल भने अझै बेपत्ता छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । पहिराले विद्युत् सञ्चालन गृह क्षतिग्रस्त बनाएपछि ४ सय ५४ मेगावाटको तामाकोशी विद्युत् केन्द्रको उत्पादन ठप्प भएको छ ।








