होमपेज > १७ वर्षीया किशोरी बलात्कारको आरोपमा २ जना प्रहरी पक्राउ

१७ वर्षीया किशोरी बलात्कारको आरोपमा २ जना प्रहरी पक्राउ

बिज्ञापन
बिज्ञापन

किशोरी बलात्कारको आरोपमा जनकपुरधाम उपमहानगरपालिकाका दुई जना नगर प्रहरी पक्राउ परेका छन्। पक्राउ पर्नेमा जनकपुरधाम वडा नम्बर १२ का बब्बल महतो र वडा नम्बर १७ का बिजेन्द्र राउत हुन्।

बिज्ञापन

एक १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। धनुषा प्रहरी प्रमुख एसपी भुवनेश्वर तिवारीले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता भएको आधारमा महतो र राउतलाई पक्राउ गरिएको जानकारी दिए। ‘उनीहरू विरूद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी आएको छ,’ एसपी तिवारीले भने,‘जबरजस्ती करणीको जाहेरीका आधारमा उनीहरू पक्राउ परेका हुन्।’

बिज्ञापन

उनले घटनाबारे थप अनुसन्धान भइरहेको बताए। बुधबार दिउँसो जनकपुरस्थित घरमा गएर उनीहरूले किशोरीलाई बलात्कार गरेको उजुरी जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको छ। प्रहरीले राउतलाई ड्युटीमै खटिएका बेला र महतोलाई घरबाट पक्राउ गरेको बताइएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते