प्राइम कमर्सियल बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ । संस्थाले विभिन्न शेयरधनीको स्वामित्वमा रहेको उक्त शेयर बिक्रीमा राखेको हो ।
बिज्ञापन
यद्यपि, संस्थाले कति कित्ता बिक्रीमा राखिएको हो सो खुलाएको छैन । यो शेयर हाल कायम बैंकका संस्थापक शेयरधनीले मात्रै किन्न पाउनेछन् । शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले आजका मितिले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय कमलपोखरी, काठमाडौंमा रहेको कम्पनीसचिवको कार्यालयमा निवेदन दिनुपर्नेछ ।
बिज्ञापन
बिक्रीमूल्यका लागि कम्पनीसचिवको कार्यालयमा सम्पर्क राख्न भनिएको छ । तोकिएको समयभित्र खरिद आवेदन नपरेमो सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने पनि बैंकले जनाएको छ ।








