होमपेज > १८ लाख रुपैयाँसहित एमाले नेता पक्राउ

१८ लाख रुपैयाँसहित एमाले नेता पक्राउ

बिज्ञापन
बिज्ञापन

एमाले नेता तथा मोरङ ग्रामथान गाउँपालिकाका पूर्व अध्यक्ष शिवनारायण माझीसहित ९ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । ग्रामथान ४ कटहरास्थित जुवाको अखडामा छापा हानेर पूर्व अध्यक्ष माझीसहित ९ जना जुवाडेको साथबाट १८ लाख ५१ हजार रुपैयाँ ५ सय रुपैयाँ बरामद गरेको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए ।

बिज्ञापन

पक्राउ परेका माझी २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट ग्रामथान गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र मोरङ प्रहरीबाट खटिएको टोलीले शनिबार राति गोप्य सूचनाको आधारमा पक्राउ गरेको एसपी कार्कीले बताए । यसरी पक्राउ पर्नेहरुमा सुनसरीको दुहबी नगरपालिका ६ का ४५ वर्षीय जयकिशोर साह, सुन्दहरैचा १ का ५० वर्षीय जनक कुमार माझी, मोहतरीका ४५ वर्षीय महेश साह, ग्रामथान गाउँपालिका ४ का, सोही ठाउँका आर्हलाल माझी, धरान १५ का युवक राई, दमक १० का कतुवर्न नेम्वाङ, लेटाङ ९ का लोक नाथ सापकोटा र सुन्दरहैचा ३ का प्रताप राई छन् ।

बिज्ञापन

सुनसरी, झापा र मोरङको विभिन्न स्थानबाट जुवा खेल्न ग्रामथानमा आउने गरेको विशेष सूचनाको आधारमा छापा हानेर जुवा खेलिरहेको जुवाडेलाई नियन्त्रणमा लिएको एसपी कार्कीले जानकारी दिए । पक्राउ परेकाहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको उनले बताए । ग्रामथान ४ मोतीपुर क्षेत्रमा जुवाको अखडा बनाएर नामुद जुवाडेहरू जुवा खेल्ने गरेका थिए । यहाँ कोशी प्रदेशको विभिन्न जिल्ला र मधेस प्रदेशबाट पनि जुवाडेहरू ग्रामथानमा जुवा खेल्न आउने गरेका थिए । खोला छेउ छाउको घरहरूमा व्यवस्थित रूपमा जुवा खेल्ने अखडा बनाएको प्रहरीले जनाएको छ ।

चाडपर्व नजिकिएसँगै जुवाजन्य गतिविधिहरू हुने भएकोले प्रहरीले कडा निगरानी गरेको एसपी कार्कीले बताए । यसअघि पनि डिएसपीको नेतृत्वमा खटिएको प्रहरी टोलीले यस क्षेत्रको पुगेर अनुसन्धान गर्दै आएको उनले बताए । पक्राउ परेका जुवाडेहरूलाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर अनुसन्धान भइरहेको छ । उनीहरुलाई आज जुवा ऐन अन्तर्गत मोरङ अदालतमा म्याद थप गरी अनुसन्धान सुरु गर्ने प्रहरीले तयारी गरेको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते