होमपेज > भगवती हाइड्रोपावरले नगद लाभांश वितरण गर्दै

भगवती हाइड्रोपावरले नगद लाभांश वितरण गर्दै

बिज्ञापन
बिज्ञापन

भगवती हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

बिज्ञापन

कम्पनीको भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको कुल १४.७३६८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ४ प्रतिशतले हुन आउने २ करोड २८ लाख ८२ हजार ६०० रुपैयाँबराबर बोनस सेयर र करसहित १०.७३६८ प्रतिशतले हुन आउने ६ करोड १४ लाख २१ हजार ६८४.२१ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ।

बिज्ञापन

प्रस्तावित लाभांश तथा बोनस सेयर कम्पनीको वार्षिक साधारणसभा तथा विद्युत् नियमन आयोगले पारित गरेपछि सेयरधनीले वितरण गरिनेछ । साथै कम्पनीले २४ औं वार्षिक साधारण सभा आगामी असोज १६ गते बोलाएको छ । सभा काठमाडौं बानेश्वरको अर्पण ब्याङकेव्टमा बिहान ११ बजेबाट सुरु हुने कम्पनीले जनाएको छ।

कम्पनीले वार्षिक साधारण सभा प्रयोजनका लागि असोज २ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । असोज १ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन् ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते