होमपेज > ग्लोबल आइएमई बैंक र एमएडब्लु वृद्धिबीच कर्जा प्रवाहसम्बन्धी सम्झौता

ग्लोबल आइएमई बैंक र एमएडब्लु वृद्धिबीच कर्जा प्रवाहसम्बन्धी सम्झौता

बिज्ञापन
बिज्ञापन

ग्लोबल आइएमई बैंक र एमएडब्लु वृद्धि मोटर्स तथा एमएडब्लु वृद्धि अटोकर्पबीच सहज रूपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ।

बिज्ञापन

उक्त समझदारी पत्रमा बैंकका साना, मझौला, खुद्रा तथा कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र एमएडब्लु वृद्धि मोटर्स तथा एमएडब्लु वृद्धि अटोकर्प मोटर्सका ग्रुप डाइरेक्टर गोपालकुमार अग्रवालले हस्ताक्षर गरे। समझदारी अनुसार एमएडब्लु वृद्धि मोटर्स एवम् एमएडब्लु वृद्धि अटोकर्प मोटर्स तथा कम्पनीका आधिकारिक विक्रेताले विक्री गर्ने विद्युतीय गाडीहरू दीपल, सेरेस र नाम्मी खरिद गर्ने व्यक्ति वा कम्पनीहरूले आवश्यक कागजातसहित बैंकमा निवेदन दिएको तीन कार्यदिनभित्र सरल ब्याजदरमा कर्जा उपलब्ध गरिनेछ।

बिज्ञापन

दीपल र सेरेस ब्राण्डका विद्युतीय गाडीहरू नेपाली प्रयोगकर्ताहरू माझ लोकप्रिय रहेको छ र उक्त कम्पनीले नाम्मी ब्राण्डको नयाँ विद्युतीय गाडी नेपाली बजारमा बिक्री सुरुवात गरिसकेको छ। ग्रिन फाइनान्सिङ प्रवर्द्धन गर्न बैंकले विद्युतीय सवारी साधनलाई सर्वसुलभ ब्याजदरमा कर्जा प्रवाह गर्दै आएको छ। ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समय सान्दर्भिक योजनाहरू ल्याएर ग्राहकहरूलाई लाभान्वित गर्दै आएको छ।

बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २५५ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीन वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजार एक सयभन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते