नेपाली ग्राहकहरुको ईच्छा र आकांक्षालाई मध्यनजर गरी जोन्सेन मोटरसाईकलको आधिकारीक विक्रेता स्यामुकापु ट्रेडिङ प्राइभेट लिमिटेडले शक्तिशाली अफरोड मोटरसाईकल साथै आकर्षक र प्रिमियम मोडलहरु लन्च गरेको छ ।
बिज्ञापन

बिज्ञापन
जोन्सेन चाइनामा समय सापेक्षिक डिजाइनका मोटरसाईकलहरु सन् १९९६ देखि उत्पादन गर्दै आएको छ । जोन्सेन Top 500 Chinese Enterprises, Top 500 Chinese Machinery Enterprises , Top 500 Chinese Private Enterprises, Top 500 Chinese Manufacturing Enterprises र Top 30 in Chinese Automobile Industry मा पर्न सफल भएको छ । हाल जोन्सेनको अन्तराष्ट्रिय बिक्रि नेटवर्क ८० भन्दा बढी देशहरुमा रहेको छ । जोन्सेनले वार्षिक तीन लाख भन्दा बढी मोटरसाईकल निर्यात गर्दै आएको छ ।
बिज्ञापन

आज जोन्सेन मोटरसाईकल र स्यामुकापुको सहकार्यमा देहायका मोडेलहरु नेपालमा लन्च गरिएका छन् ।
नया मोडेलहरु र विवरण
1. 216.5cc ZS200GY-5 (CARRERA) 5,60,500.00
2. 149.4cc ZS125GY-3 (VI) 3,30,000.00
3. 196.4cc ZS150GY-8 3,75,000.00
4. 119.6cc ZS125-17A (YEMI) 2,75,000.00
5. 196.4cc ZS125GY-3 (VI) 3,84,000.00
6. 198.8cc ZS200-79 (RA 1) 4,55,000.00
7. 230.0cc ZS125GY-3 (VI) 4,70,000.00
8. 217.0cc ZS250-9A (WEEK 9) 4,99,000.00
9. 250.0cc ZS200GY-4 6,50,000.00

उपरोक्त मोडलहरु स्यामुकापु ट्रेडिङको विराटनगर, बीरगञ्ज, भरतपुर, काठमाडौँ, पोखरा, भैरहवा र बुटवल मा रहेका आधिकारिक शोरुमहरुमा उपलब्ध छन् । सबै मोडलहरु दुई वर्ष वा ३० हजार किलोमिटर (जुन पहिला) को वारेन्टीका साथ उपलब्ध छ । नेपाली ग्राहकहरुको लागि यी मोटरसाईकल र स्कुटरहरुमा फाइनान्स र एक्सचेन्जको सुविधाहरु पनि व्यवस्था गरेको छ भने हरेक खरिदमा ६ वटा फ्रि सर्भिसिङ्ग र फ्रि हेलमेट पनि कम्पनीले उपलब्ध गरेको छ ।








