होमपेज > डुंगा डुब्दा एकको मृत्यु, छ जना बेपत्ता

डुंगा डुब्दा एकको मृत्यु, छ जना बेपत्ता

बिज्ञापन
बिज्ञापन

इटालीमा डुंगा डुब्दा एक जनाको मृत्यु भएको छ भने अन्य छ जना बेपत्ता भएका छन् । सिसिलीको तटीय क्षेत्रमा आएको आँधीका कारण पर्यटनका लागि प्रयोग गरिने एक आरामदायी डुंगा डुब्न पुगेको थियो।

बिज्ञापन

उद्धारकर्मीले बेपत्ता भएका अन्य छ जनाको खोजी गरिरहेको अधिकारीहरूले बताएका छन् । इटालियन कोस्ट गार्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सोमबार बिहान ५:०० बजेको समयमा हिंसात्मक आँधीबेहरीपछि बेलायती ध्वजाबाहके बायेसियन नामक ५६ मिटर लामो डुङ्गा पोर्टिसेलो नजिकै डुबेको छ ।’ सामुद्रिक तटीय क्षेत्रमा सुरक्षार्थ तैनाथ गरिएका कोस्ट गार्डका अनुसार हेलिकप्टरको सहयोगमा उद्धारकर्मीले सोमबार एक जनाको शव फेला पारेको र बेपत्ता अन्य छ जनाको खोजी भइरहेको छ।

बिज्ञापन

यद्यपि, सेनाका प्रवक्ताले एएफपीसँग भने, ‘पानीभित्रको करिब ५० मिटर गहिराइमा भग्नावशेषमा एउटा शव देखिएको तर त्यसलाई अझै पानीबाहिर ल्याउन सकिएको छैन ।’ यसअघि कोस्ट गार्डले चार जना बेलायती, दुई जना अमेरिकी र एक जना क्यानेडियन नागरिक हराइरहेको बताएको थियो । कसको शव फेला परेको हो भन्ने बारे तत्काल केही खुल्न सकेको छैन ।

डुंगामा चालक दलका १० सदस्यसहित २२ जना सवार थिए । उद्धार गरिएकामध्ये आठ जनालाई अस्पताल भर्ना गरिएको छ । सन् २००८ मा इटालियन जहाज निर्माण कम्पनी पेरिनी नाभीले निर्माण गरेको सुविधासम्पन्न ‘बेयसियन’ डुंगा हो । ‘बोट इन्टरनेसनल’ को वेबसाइटका अनुसार यसमा ११.५१ मिटर लामो मास्ट हुन्छ र यसको गति प्रतिघण्टा १५.५ नटिकल माइलसम्म पुग्न सक्छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते