होमपेज > नेपाल सरकारले माग्यो विश्व बैंकसँग १० करोड अमेरिकी डलरको आर्थिक सहयोग

नेपाल सरकारले माग्यो विश्व बैंकसँग १० करोड अमेरिकी डलरको आर्थिक सहयोग

बिज्ञापन
बिज्ञापन

स्थानीय तथा प्रादेशिक सडक सञ्जाल सुधार परियोजनाका लागि नेपाल सरकारले विश्व बैंकसँग १० करोड अमेरिकी डलर बराबरको आर्थिक सहयोग लिने भएको छ । विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए) बाट सरकारले उक्त सहयोग लिने भएको हो ।

बिज्ञापन

यस आर्थिक सहयोगले नेपालका प्रान्तीय क्षेत्रको कनेक्टिभिटी, दक्षता, लचिलोपन र सुरक्षामा सुधार गर्न मद्दत गर्ने विश्वास व्यक्त गरिएको छ । हालैमात्र राजधानीमा एक कार्यक्रममा बिच नेपाल र आईडीए प्रतिनिधिबिच आर्थिक सहायता सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम (पीएआरआईपी)–पहिलो चरणमा सुदूरपश्चिम, कर्णाली र मधेस प्रदेशका करिब १० लाख जनतालाई लाभान्वित हुने गरी करिब ३ हजार किलोमिटर सडक सञ्जालको विकास तथा सुधार गरिने बताइएको छ ।

बिज्ञापन

यस परियोजना अन्तर्गत मौसमी, लचिलो र सुरक्षित प्रादेशिक तथा स्थानीय सडक तथा पुलहरूको निर्माण र मर्मतसम्भार गर्नेछ । यसले सडक तथा पुल पूर्वाधारको योजना, डिजाइन, निर्माण र मर्मत सम्भार गर्न र सेवा प्रवाहमा सुधार गर्न प्रदेश र स्थानीय सरकारहरूको संस्थागत, व्यवस्थापन र प्राविधिक क्षमतालाई सुदृढ गर्नेछ ।

सम्झौतामा नेपाल सरकारका तर्फबाट अर्थसचिव डा रामप्रसाद घिमिरे र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेनले हस्ताक्षर गरेका हुन् । सहरी विकास मन्त्रालय, सहभागी प्रदेश र विश्व बैंकबीच छुट्टाछुट्टै परियोजना सम्झौता पनि भएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते