कृषि विकास बैंकले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक अवधिसम्म ३ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १७६ प्रतिशत बढी हो । बैंकले अघिल्लो आर्थिक वर्ष १ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
बिज्ञापन
बैंकको खुद ब्याज आम्दानी बढ्दा पनि नाफामा टेवा पुगेको देखिन्छ । यस्तो आम्दानी अघिल्लो आर्थिक वर्षमा ८ अर्ब १९ करोड रहेकोमा गत आर्थिक वर्षमा १० अर्ब १२ करोड रुपैयाँ छ । लोन लस प्रोभिजन १ अर्ब २३ करोड रुपैयाँ छुट्याएको छ ।
बिज्ञापन
बैंकको वितरणयोग्य नाफा २ अर्ब ६६ करोड रुपैयाँ छ । अर्थात वितरणयोग्य प्रतिसेयर नाफा १७ रुपैयाँ ३७ पैसा छ ।








