सिप्रदी ट्रेडिङ प्रालि र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकबीच विद्युतीय सवारी कर्जाका लागि सम्झौता भएको छ ।
बिज्ञापन
सम्झौताअनुसार टाटाका विद्युतीय गाडी खरिद गर्दा ग्राहकहरूले हाल कायम बैंकको बेस रेटमा अतिरिक्त १ प्रतिशत गरी कुल ८.८२ प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा प्राप्त गर्नेछन् । अब टाटा टियागो ईभी, नेक्सन ईभी, टिगोर ईभी र नेपालमा बहुप्रतिक्षित टाटा पञ्च ईभीमा ७ वर्षसम्मका लागि यो सुविधा प्राप्त गर्न सकिनेछ । सहज र झन्झटरहित तरिकाले ३ कार्यदिन भित्रमा कारोबार रकमको ८० प्रतिशत सम्म फाइनान्सको सुविधा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
बिज्ञापन
टाटाका विद्युतीय गाडीहरू नेपालमा सर्वाधिक बिक्री हुने गाडीहरूको अग्रपङ्क्तिमा रहेका छन् । आरामदायी तथा क्लच र गियरको झन्झट नहुने हुँदा गाडी चलाउन एकदमै सजिलो हुने, पार्किङका लागि सहज, किफायती र वातावरण मैत्री भएका कारण पनि विद्युतीय गाडीको लोकप्रियता बढिरहेको छ । टाटा आफैंमा प्रतिष्ठित तथा विश्वसनीय ब्रान्ड भएको र भारतमा निर्मित यस गाडी भौगोलिक हिसाबले पनि नेपालका लागि उपयुक्त रहेको छ ।दैनिक तथा व्यक्तिगत कामकाजका लागि अत्यन्तै उपयुक्त यस गाडीको माग नेपाली बजारमा दिन प्रतिदिन बढ्दै गइरहेको छ ।








