होमपेज > सेयर बजारमा २.१५ अंकले वृद्धि, कारोबार १४ अर्ब नजिक

सेयर बजारमा २.१५ अंकले वृद्धि, कारोबार १४ अर्ब नजिक

बिज्ञापन
बिज्ञापन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार झिनो अंकले बढेको छ । आज बजारमा करेक्सन आएसँगै नेप्से झिनो अंकले बढेको हो । निरन्तर बुल ट्रेन्डमा रहेको बजारमा आज निकै उतारचढाव देखिएको थियो ।

बिज्ञापन

आज नेप्सेमा देखिएको उतारचढाव नेप्सेको करेक्सनको रुपमा लगानीकर्ताले हेरेका छन् । आज नेप्से २.१५ अंकले बढेर २४८८.०९ विन्दुमा पुगेको छ । आज नेप्से झिनो अंकले बढेको भएपनि सेन्सेटिभ इन्डेक्स, फ्लोट इन्डेक्स र सेन्सेटिभ फ्लोट इन्डेक्स भने घटेको छ ।

बिज्ञापन

आज ३०९ वटा कम्पनीको शेयर कारोबार हुँदा १३ वटा समूहमध्ये ७ वटा समूहको शेयर मूल्य बढेको छ भने अन्य ६ वटा समूहको शेयर मूल्य घटेको छ । आज सबैभन्दा बढी शेयर मूल्य समूहमा उत्पादन समूह परेको छ । उत्पादन समूह आज एकै दिन १६०.०७ अंकले बढेर ७५४२.५८ विन्दुमा पुगेको छ । आज सबैभन्दा बढी विकास बैंक समूहको शेयर मूल्य घटेको छ । विकास बैंक समूह आज एकै दिन ३१.५८ अंकले घटेर ४९४५.२८ विन्दु कायम भएको छ । सबैभन्दा कम इन्भेष्टमेन्ट समूह घटेको छ । उक्त समूह ०.४२ अंकले घटेर ९०.१७ विन्दुमा कायम भएको छ ।

सोमबार ११५ वटा कम्पनीको शेयर मूल्य बढ्दा करिब १४ अर्ब रुपैयाँको कारोबार भएको छ । आज १२१ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ६ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । आज १३ अर्ब ९१ करोड ५५ लाख २५ हजार रुपैयाँ बराबरको ३ करोड ९७ लाख ५४ हजार ७११ कित्ता शेयर १ लाख ७० हजार ५५९ पटक किनबेच भएको छ । आज मुक्तिनाथ कृषि कम्पनीको शेयरमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ भने गणपति लघुवित्तको शेयर करिब १० प्रतिशतले घटेको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते