होमपेज > विमानस्थलको निरीक्षण गर्दै अर्थमन्त्री महतले भने- सुन प्रकरणको अनुसन्धानमा राज्यले सम्पूर्ण हिसाबले सहयोग गर्छ

विमानस्थलको निरीक्षण गर्दै अर्थमन्त्री महतले भने- सुन प्रकरणको अनुसन्धानमा राज्यले सम्पूर्ण हिसाबले सहयोग गर्छ

बिज्ञापन
बिज्ञापन

अर्थमन्त्री डा.प्रकाशशरण महतले सुन प्रकरणको अनुसन्धानमा राज्यले सम्पूर्ण हिसाबले सहयोग गर्ने बताएका छन्। बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्दै अर्थमन्त्री महतले सुन प्रकरणमा मेसिनको वा व्यक्तिको संलग्नता हो भन्ने छानबिन समितिले अनुसन्धान गरिरहेको भन्दै यसमा राज्य र अर्थमन्त्रीको सम्पूर्ण सहयोग रहने बताएका हुन्।

बिज्ञापन

उनले भने,‘यो प्रकरणपछि केही कर्मचारीहरु निलम्बन भइसकेका छन्। मेसिनको कमजोरी हो कि व्यक्तिको संलग्नता हो कि अनुसन्धान भइरहेको छ। स्वतन्त्र रुपमा अनुसन्धानको प्रक्रिया अगाडि बढिरहेको छ। राज्यले सम्पूर्ण हिसाबले अनुसन्धान प्रक्रियामा सहयोग गर्छ र अर्थमन्त्रलालयले पूरा सहयोग गर्छ।’

बिज्ञापन

उनले अपराध गर्ने व्यक्तिहरुले नयाँ नयाँ प्रविधिहरु प्रयोग गर्न सक्ने भएकाले भन्सारमा रहेका प्रविधिहरुलाई पनि समयानुकूल अपग्रेड गर्नु पर्ने टिप्पणी गरे। उनले भने,‘अपराध गर्ने मनसायभएका र तस्करी गर्ने व्यक्तिले नयाँ/नयाँ प्रविधिको प्रयोग गर्छन् त्यसैले हाम्रो प्रविधिलाई त्यहि अनुसार अपग्रेड गर्नुपर्छ।’राज्यका बिभिन्न जिम्मेवार निकायहरुबीच समन्वयकारी भूमिकाले नै विमानस्थलमा हुने गैरकानूनी गतिविधिहरु रोक्न सकिने उनको भनाइ छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते