प्रधानमन्त्री केपी शर्मा ओलीले शेयर बजारले नयाँ सरकारप्रति विश्वास र भरोसाा देखाएको बताएका छन् ।
बिज्ञापन
आइतबार संसदमा विश्वासका मत माग्ने क्रममा उनले सरकार बनेपछि अर्थतन्त्रको ऐना मानिने शेयर बजार हरियो भएको बताए । उनले भने, ‘हाम्रो सरकारप्रति जनताले देखाएको विश्वास र भरोसाको प्रमाण शेयर बजार हो । अब सेयर बजार मात्रै नभएर देशको पूरै बजार चलायमान हुन्छ ।’
बिज्ञापन
‘५० लाखभन्दा बढी लगानीकर्ता संलग्न सेयर बजार दुई सातामा ४०० अंकभन्दा धेरैले बढेको छ । नेप्से २७ महिनायताकै उच्च भएको छ’, उनले भने ।








