नेपालमा पोलियोको जीवाणु भेटिएको छ। काठमाडौंमा टुकुचाको ढलबाट संकलन गरिएको नमुना परीक्षण गर्दा पोलियो भाइरस टाइप घ को जीवाणु भेटिएको स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख डा. अभियान गौतमले बताए।
बिज्ञापन
काठमाडौंको पोलियो भाइरस जीवाणु आउट ब्रेक भएपछि स्वास्थ्य महाशाखाले काठमाडौं, ललितपुर भक्तपुरमा पोलियो विरुद्धको खोप अभियान सन्चालन गर्ने भएको छ। डा. गौतमका अनुसार काठमाडौं उपत्यकामा साउन ९ देखि पोलियो खोप अभियान संचालन हुनेछ।
बिज्ञापन
नेपालमा १३ वर्षयता पोलियो भाइरस देखिएको थिएन। १० वर्षअघि नेपाललाई पोलियो उन्मूलन घोषणा गरेको थियो। यो नमुना जेठ १३ मा बैंकमा परीक्षण गर्न पठाइएको थियो।








