होमपेज > नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा तालाबन्दी

नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा तालाबन्दी

बिज्ञापन
बिज्ञापन

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी बागलुङले बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा तालाबन्दी गरेको छ।

बिज्ञापन

संस्थालाई व्यक्तिगत स्वार्थको कृडास्थल बनाएको, आर्थिक मन्दी र चरम महँगीले जनताको दिनचर्या जटिल भएको अवस्थामा खानेपानीको न्यूनतम् महसुल बढाएको भन्दै संघका अध्यक्ष बुद्ध बोहोराको टोलीले बिहीबार संस्थाका अध्यक्ष, सचिव र प्रबन्धकको कार्यकक्षमा तालाबन्दी गरेको हो। संघले समितिले महँगीको मारमा रहेका उपभोक्तालाई थप मार पर्ने गरी न्यूनतम् महसुल वृद्धि गरेको, पानीको बक्यौता महसुल असुल गर्नुपर्नेमा थप गरेको, फोहोर पानी धारामा पठाएको, अघिल्लो आर्थिक वर्षको व्ययभार चालू आर्थिक वर्षमा ल्याएको र जिम्मेवार व्यक्तिहरूबाटै मिटर बिना पानीको प्रयोग गर्ने गरेको लगायतका आरोप लगाउँदै तालाबन्दी गरेको हो।

बिज्ञापन

संघका अध्यक्ष बोहोराले हस्ताक्षर गरेको ज्ञापनपत्रमा संस्थाका जिम्मेवार पदाधिकारी आफैंले आफ्नो घरको मिटर वर्षौदेखि झिकेर विना मिटर पानीको दुरुपयोग गरेको, विभिन्न शीर्षकमा पेस्की लिएर त्यसको गत आर्थिक वर्षभित्र फर्स्यौट नगरी झनै थप्ने काम गरेको र समितिले संस्थालाई आम जनसरोकार र उपभोक्ता मैत्री बनाउने भन्दा समग्रमा तहसनहस पार्ने प्रवृत्ति देखाएकाले त्यसका विरुद्धमा सचेत गराउन तालाबन्दी गर्न बाध्य भएको उल्लेख छ।

युवा संघले उपभोक्ता हितको लागि तालाबन्दी गरेकाले आफ्ना माग सम्बोधन नगरी कुनै पनि क्रियाकलाप गरे जस्तोसुकै कदम चाल्न बाध्य हुने अध्यक्ष बुद्ध बोहराले बताए। नियमित खानेपानी उपलब्धताका लागि प्राविधिक र अन्य कर्मचारीको कार्यकक्षमा भने ताला नलगाएको उनले बताए।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते