होमपेज > ५९.६८ अंकले बढ्यो नेप्से, साढे १५ अर्बको कारोबार

५९.६८ अंकले बढ्यो नेप्से, साढे १५ अर्बको कारोबार

बिज्ञापन
बिज्ञापन

साताको अन्तिम दिन सेयर कारोबार मापक नेप्से परिसुचक ५९.६८ अंकले बढेको छ । बिहीबार २.५२ प्रतिशतले बढेको नेप्से २४२४.३२ अंकमा सीमित भएको छ ।

बिज्ञापन

कुल १४३ कम्पनीको सेयर मूल्य बढ्यो भने ९५ कम्पनीको मूल्य घट्यो । ५ कम्पनीको मूल्य स्थिर रह्यो । कुल ३ करोड ९९ लाख ३८ हजार २३७ कित्ता सेयर किनबेच भयो । एकैदिन १५ अर्ब ५४ करोड ८८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

बिज्ञापन

आज फाइनान्स र हाइड्रोपावर उपसमुहको घट्यो भने अन्य उपसमुह बढ्यो । जीवन बिमा १४६.३१, लघुवित्त १३९.४०, निर्जीवन बिमा १२३.९२ अंकले बढ्यो । सबैभन्दा बढी फाइनान्स ३५.६९ अंकले घट्यो ।

सबैभन्दा बढी कमाउने कम्पनीमा नेपाल इन्भेष्टमेन्ट मेघा बैंक, नेपाल फाइनान्स, आँखुखोला जलविद्युत् कम्पनी, उपकार लघुवित्त वित्तीय संस्था थ्री स्टार हाइड्रोपावर कम्पनी रह्यो । यी कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो । कुमारी बैंक, प्रभु बैंक, रिभर फल्स पावर लिमिटेडको मूल्य क्रमश ९.५३, ९.५१ र ९.११ प्रतिशतले बढ्यो ।

बिज्ञापन

कारोबार रकमको आधारमा नेपाल फाइनान्स, माथिल्लो तामाकोशी हाइड्रोपावर, ङादी ग्रुप पावर र साइन रेसुगा विकास बैंक अघि रहे । नेपाल फाइनान्सको ४२ करोढ ४६ लाख रुपैयाँ बराबरको कारोबार भयो ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते