होमपेज > नेपाल कम्युनिष्ट पार्टीमा १ लाख ५० हजार संगठित सदस्य

नेपाल कम्युनिष्ट पार्टीमा १ लाख ५० हजार संगठित सदस्य

बिज्ञापन
बिज्ञापन

नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी) ले देशभर एक लाख पचास हजार सङ्गठित सदस्य रहेका बताएको छ। पार्टीको आसन्न महाधिवेशनका सन्दर्भमा केन्द्रीय सचिव जीवनराम श्रेष्ठले उक्त जानकारी दिँदै महाधिवेशनका लागि एक सय २५ सङ्गठित सदस्य बराबर एक प्रतिनिधि छनौट गरिने बताए।

बिज्ञापन

राष्ट्रिय महाधिवेशनमा सङ्गठित सदस्यमध्ये करिब एक हजार आठ सय प्रतिनिधि छनौट गर्नेछ। पार्टीले यही असार ६ गतेसम्म प्रतिनिधि छनौट गर्ने उनले बताए। महाधिवेशनका लागि केन्द्रीय तहका नेता र केन्द्रीय आयोगका सदस्यहरू स्वतः प्रतिनिधि हुनेछन्। विभिन्न निर्वाचन क्षेत्र तथा समूहबाट चुनिएर आउने छन्भने दलित तथा युवा महिला समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरिएको छ।

बिज्ञापन

पार्टी निकट जनवर्गीय सङ्गठनमा आबद्ध सदस्यको सदस्यताका आधारमा प्रतिनिधि छनौटका लागि सङ्ख्या निर्धारण गरिएको छ। यही असार १६ देखि २० गतेसम्म पार्टीको दसौँ महाधिवेशन नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुँदैछ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट विभक्त भएको पार्टीले आसन्न महाधिवेशनलाई दसौँ राष्ट्रिय महाधिवेशनका रुपमा दाबी गरेको छ। विसं २००६ मा कोलकातामा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीको राजनीतिक उत्तराधिकारी आफूलाई मानेको एकीकृत समाजवादीले हालसम्म सम्पन्न भएका नौवटा महाधिवेशनको स्वामित्व लिएर अब हुने राष्ट्रिय महाधिवेशनलाई दशौं मानेको हो।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते