होमपेज > मधेश प्रदेशका मुख्यमन्त्री सिँहद्वारा १४ निजी अस्पताल अनुगमन, १३ अस्पताल बन्द गर्न निर्देशन

मधेश प्रदेशका मुख्यमन्त्री सिँहद्वारा १४ निजी अस्पताल अनुगमन, १३ अस्पताल बन्द गर्न निर्देशन

बिज्ञापन
बिज्ञापन

मुख्यमन्त्री सिँहको अनुगमन, बिरामी छाडेर अस्पतालका सञ्चालक, चिकित्सक र कर्मचारी फरार मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिँहसहितको टोलीले मिर्चेयामा १४ वटा निजी अस्पताल तथा पोलिक्लिनिकको अनुगमन गरेका छन्।
तीमध्ये सेवा सञ्चालन अनुमति नलिई सञ्चालनमा रहेका १३ अस्पताल तथा पोलिक्लिनिकलाई बन्द गर्न मुख्यमन्त्री सिँहले निर्देशन दिएका छन्।

बिज्ञापन

बिज्ञापन

बन्द गर्न निर्देशन दिइएका अस्पतालमा समित माउन्ट हस्पिटल प्रालि, एस जेके पोलिक्लिनिक, मंगलम हेल्थ केयर सेन्टर(पोलिक्लिनक), सिद्धकामना हस्पिटल प्रालि, शान्ति हेल्थ केयर प्रालि, बाल संसार हेल्थ केयर प्रालि, राम ओरल एण्ड डेन्टल क्लिनक, रेखा नर्सिङ होम, मिथिला चश्माघर आँखा उपचार केन्द्र, बालकल्याण हेल्थ केयर प्रालि, विष्णु पोलिक्लिनिक, लक्ष्मी हेल्थ केयर प्रालि र लाइफलाइन क्लिनिक छन्।

बिज्ञापन

मिर्चेया नगरपालिकाबाट १५ बेडको सेवा सञ्चालन अनुमति लिएको मनकामना मिड इस्टर्न अस्पतालमा मापदण्ड पुरा नगरी २५ शय्याभन्दा बढीको अस्पतालमा उपलब्ध हुने सेवा सञ्चालन भइरहेकाले १५ दिनभित्र अनुगमन गराई मापदण्डअनुसार सेवा सञ्चालन गर्न निर्देशन दिइएको छ।


प्रदेशको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयको अस्पताल अनुगमन समितिका सदस्यसचिव र जनस्वास्थ्य अधिकृत सन्तोषकुमार ठाकुरले १५ शय्याको सो अस्पतालले आवश्यक आधारभूत स्वास्थ्य सेवा नदिई एनेस्थेसियाका चिकित्सक नराखी मेजर शल्यक्रिया गर्नेगरेको र भेन्टिलेटरसमेत नभएको पाइएको बताए । सो अस्पताललाई प्रदेशको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयको टोलीबाट १५ दिनभित्र अनुगमन गराई अनुमतिअनुसारको सेवा सञ्चालन गर्न निर्देशन दिइएको जनस्वास्थ्य अधिकृत ठाकुरले बताए।

अनुगमन टोली पुगेका बेला सिद्धकामना हस्पिटल प्रालिका सञ्चालक, चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरूले अस्पतालमा उपचार गराइरहेका आठ बिरामी र कुरुवालाई भित्र नै छाडेर बाहिरबाट सटर डाउन गरी फरार भएका थिए । जनस्वास्थ्य अधिकृत ठाकुरले सो अस्पताल बन्द गर्न निर्देशन दिइसकेको जानकारी दिए।

जनस्वास्थ्य अधिकृत ठाकुरका अनुसार मुख्यमन्त्री सिँहले अहिलेसम्म १ सय ५७ निजी स्वास्थ्य संस्थाको अनुगमन गरेका छन्। तीमध्ये १७ वटा मापदण्डअनुसारका पाइएका छन् भने मापदण्ड पुरा नगरेका १ सय आठवटा अस्पताल बन्द गराइएका छन्। नवीकरण नगराएका २५ अस्पताललाई नवीकरण गराउन भनिएको छ। बन्दमध्ये मापदण्ड पुरा गरेका पाँच अस्पताललाई प्रदेशको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयको टोलीले अनुगमन गरी सञ्चालन गर्न अनुमति दिएको छ।

मुख्यमन्त्री सिँहसहितको अनुगमन टोली मिर्चेया बजार प्रवेश गरेसंगै स्वास्थ्य सेवा सञ्चालन अनुमति नलिई सञ्चालनमा रहेका मिर्चेयाका आठ अस्पताल तथा पोलिक्लिनिक बन्द गरी सञ्चालक, व्यवस्थापन तथा उपचारमा संलग्न कर्मचारीहरु फरार भएका थिए।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते