होमपेज > नबिल बैंकबाट चोरिएको रकमसहित भारतबाट तीन जना पक्राउ

नबिल बैंकबाट चोरिएको रकमसहित भारतबाट तीन जना पक्राउ

बिज्ञापन
बिज्ञापन

वीरगञ्ज ब्रह्मचोकस्थित नबिल बैंकको बाइपास शाखामा चोरिएको लाखौं रुपैयाँसहित भारत बिहार मोतीहारी जिल्लामा तीन जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा मोतीहारी जिल्लाको दरपा थाना क्षेत्र अन्तर्गत तिनकोनी गाउँबाट १८ लाख भन्दा बढी नेपाली रुपैयाँ तथा चोरीमा प्रयोग गरिने बिभिन्न उपकरणसहित एक महिला र दुई पुरुष गरी तीन जनालाई भारतीय प्रहरीले पक्राउ गरेको हो ।

बिज्ञापन

पक्राउ पर्नेमा झरोखर थाना क्षेत्रका मन्टु कुमार, अर्जुन कुमार र दरपा थाना क्षेत्रकी सबिता देवी रहेको मोतीहारीका एसपी कान्तेश मिश्रले बताएका छन् । उनीहरूको साथबाट १८ लाख २३ हजार २ सय नेपाली रुपैयाँ, एक थान घरेलु हतियार नलकटुवा, दुई थान गोली, लुटपाटको रकमबाट खरिद गरिएको एउटा सुनको औँठी, मोटरसाइकल र दुई थान थान मोबाइल, ड्रिल मेसिन, सिसिटीभि क्यामरा १ थान, सोल्डिङ मेसिन १ थान बरामद गरेको मिश्रले जानकारी दिए ।

बिज्ञापन

केही दिनअघि भारतीय बजार ढाकामा दुई वटा पसलमा लुटेको सामानमध्येको सिसी टिभी क्यामरा रहेको प्रहरीले जनाएको छ । साथै पक्राउ परेकाहरूले नबील बैंक बीरगञ्ज शाखाको लुटमा संलग्न रहेको र केही दिनअघि एक जना हुन्डी कारोबारीको ४० लाख रुपैयाँ लुटेको समेत स्वीकार गरेको एसपी मिश्रले बताएका छन् ।

पक्राउ परेका तीनै जना जिल्ला अदालत मोतीहारीको आदेशमा मोतीहारी कारागारमा रहेका छन् भने बरामद रकम जिल्ला प्रहरी कार्यालय मोतीहारीको नियन्त्रणमा रहेको छ । पक्राउ परेपछि एक जना बीरगञ्जका नेपाली सुरक्षा अधिकारीलाई बोलाएर पहिचान गराउनुका साथै बैंकको सिसी टिभी फुटेजबाट समेत पुष्टि गरिएको एसपी मिश्रले जानकारी दिएका छन् ।

बिज्ञापन

नबिल बैंक बीरगञ्जमा चोरीको घटनापछि अपराधीहरु भारतीय क्षेत्रमा आउनसक्ने अनुमानको आधारमा एसपी मिश्रले तीन जना डिएसपीको कमाण्डमा छुट्टाछुट्टै तीन वटा टोली परिचालन गरेको मोतीहारी क्राइम ब्राञ्चका सई मनिष कुमारले बताएका छन् । टोलीले विशेष सूचनाको आधारमा दरपा थानाक्षेत्र तिनकोनी गाउँको एक घरमा छापा मारी गरेर मन्टु र अर्जुन पक्राउ गरी उनीहरूको साथबाट १७ लाख ८२ हजार २०० रुपैया बरामद गरेको थियो ।

उनीहरूकै बयानको आधारमा भारतीय प्रहरीले ९५ हजार रुपैयाँ र हतियारसहित सवितालाई पक्राउ गर्न सफल भएको सई मनिष कुमारले जनाएका छन् । बैंकको चोरीमा संलग्न रहेको आरोपमा पर्सा प्रहरीले रौतहटको साविक पथरा बुधराम हाल मौलापुर नगरपालिका ८ का सञ्जय जयसवाल, छोटेलाल जयसवाललाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

गत आइतबार राति ५ देखि ६ जना चोरहरुको समूहले बैंकको मूल गेटको ताल्चा फुटाएर एक सय र २० रुपैयाँ दरको नोट गरी एक करोड ३४ लाख रुपैयाँ चोरी लागेको पर्सा प्रहरीले जनाएको छ । चोरहरूले मूल गेटको ताल्चा फुटाएर बैंकभित्र प्रवेश गरी टिनको बाकसमा राखिएको रकम बोरामा हालेर लगेको बैंकको सिसिटिभी क्यामेरामा रेकर्ड भएको भिडियोमा देखिएको छ । पर्सा प्रहरीका प्रवक्ता डिएसपी कुमार विक्रम थापाले घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते