नेपाली कांग्रेसका सांसद विनोद चौधरी श्रीलंका उडेका छन् । बाँसबारी जग्गा प्रकरणमा बिहीबार बिहान सरकारी वकील कार्यालयमा बयान दिएपछि चौधरी श्रीलंका उडेका हुन् ।
बिज्ञापन
स्रोतका अनुसार चौधरी बिहीबार दिउँसो १ः५७ को श्रीलंकन एयरलाइन्सको विमानमार्फत श्रीलंका गएका हुन्।चौधरीसँग सरकारी वकील कार्यालय काठमाडौंमा बिहीबार बिहान ८ बजेदेखि ११ बजेसम्म ३ घण्टा बयान लिइएको थियो ।
बिज्ञापन
सरकारी वकील र सीआईबीका अधिकारीहरूको रोहबरमा चौधरीको बयान भएको थियो ।बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा चौधरी समूहले आफ्नो बनाएको आरोप लागेपछि उनीमाथि अनुसन्धान अघि बढाइएको छ ।चौधरीले भने इन्कारी बयान दिएका छन्।
उनले कानुन बमोजिम नै जग्गा खरिद गरिएको दाबी गरेका छन् ।








