सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले साधारण सभा बोलाएको छ।
बिज्ञापन
कम्पनीले यो वर्ष सेयरधनीलाई दिन प्रस्ताव गरेको लाभांश पारितको मुख्य एजेन्डासहित साधारण सभा बोलाएको हो। कम्पनीले आउँदो फागुन ३० गते सभा गर्ने भएको छ। सभा काठमाडौंको लिसारा रिसेप्सन, भगवती बहाल बिहान ११ बजे सूरु हुनेछ ।
बिज्ञापन
सभामा कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ११ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले फागनु ११ गते बुक क्लोज गर्ने भएको छ ।







