होमपेज > एनआईसी एशिया बैंकले भन्योः कुनै पनि शाखा बन्द गर्ने योजना छैन, प्रकाशित समाचारमा सत्यता छैन

एनआईसी एशिया बैंकले भन्योः कुनै पनि शाखा बन्द गर्ने योजना छैन, प्रकाशित समाचारमा सत्यता छैन

बिज्ञापन
बिज्ञापन

एनआईसी एशिया बैंकका बारेमा केही सञ्चार माध्यममा प्रकाशित तथा प्रसारित ‘बैंकले शाखा कार्यालयहरू बन्द गर्न लागेको’ भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) सुधिर नाथ पाण्डेले विज्ञप्ति जारी गर्दै उक्त समाचारा कपोकल्पित भएको भन्दै बैंकको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

बिज्ञापन

बैंकले विगत २६ वर्षदेखि देशको अर्थतन्त्रलाई चलायमान राख्नका निमित्त आफ्नो स्थानबाट अग्रणी योगदान दिइरहेको उल्लेख गर्दै समाचारको खण्डन गरेको हो । वाणिज्य बैंकहरूमध्ये सबैभन्दा धेरै शाखा सञ्जाल भएको यस बैंकले हाल मुलुकभर सञ्चालन गरिरहेका ३६० शाखा कार्यालयहरू, ६७० एटीएम, ११५ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखारहित बैंकिङ्ग सञ्जालद्वारा ४१ लाख भन्दा बढी ग्राहक महानुभावहरूमा सहज एवं सरल बैंकिङ्ग सेवा प्रदान गरिरहेको बैंकले स्मरण गराएको छ । बैंकले विभिन्न ५० शाखाहरु बन्द गर्न लागेको भन्ने समाचार गलत र सत्यता नरहेको बैंकले स्पष्ट पारेको छ ।

बिज्ञापन

‘हाल विभिन्न सञ्चार माध्यमहरूमा बैंकले आफ्ना ५० शाखा कार्यालयहरू बन्द गर्न लागेको र सोको स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक समक्ष निवेदन दिएको भनी अफवाहहरू फैलाइएकोमा यस्ता समाचारमा कुनै सत्यता नरहेको जानकारी गराउँदै सो बाट भ्रमित नहुनुहुन सम्पूर्ण सरोकारवाला महानुभावहरूमा बैंक परिवार हार्दिक अनुरोध गर्दछ’, जारी विज्ञप्तिमा भनिएको छ ।

‘साथै आफ्ना कुनै पनि शाखा कार्यालयहरू बन्द गर्ने बैंकको रणनीति तथा योजना नरहेको र ५० वटा शाखा बन्द गर्न राष्ट्र बैंक समक्ष निवेदन दिएको विषय कपोलकल्पित तथा भ्रामक रहेको तथ्य यसै प्रेस विज्ञप्तिमार्फत स्पष्ट पार्न चाहन्छौं’, बैंकले उल्लेख गरेको छ ।

बिज्ञापन

देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

देशको कूल जनसंख्याको ८० प्रतिशत भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२५ शाखा कार्यालयहरू स्थापना गरेको बैंकले जनाएको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते