होमपेज > स्कुटर दुर्घटना हुँदा शिक्षकको मृत्यु

स्कुटर दुर्घटना हुँदा शिक्षकको मृत्यु

बिज्ञापन
बिज्ञापन

धनुषाको मिथिलामा स्कुटर दुर्घटना हुँदा एकजना शिक्षकको मृत्यु भएको छ।

बिज्ञापन

मधेस प्रदेश ०२-००७ प ५०२० नम्बरको स्कुटर दुर्घटना हुँदा मिथिला नगरपालिका–४ पुष्पलपुर घर भएका पूर्णबहादुर विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। विश्वकर्मा स्थानीय राष्ट्रिय आधारभूत विद्यालयका शिक्षक थिए।

बिज्ञापन

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहका अनुसार सोमबार राति जनकपुरबाट ढल्केबरतर्फ आउँदै गर्दा मिथिला नगरपालिका–२, नक्टाझिजमा उनी दुर्घटनामा परेका प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते विश्वकर्माको उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो।

शिक्षक विश्वकर्मा सवार स्कुटरलाई ठक्कर दिएको आशंकामा प्रहरीले बा। १८ च। ८७६८ नम्बरको स्कोर्पिओ गाडी नियन्त्रणमा लिएको छ।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते