राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गरेको टिप्पणीमा अभिनेत्री रेखा थापा आक्रोशि व्यक्ति गरेकी छिन् । आफ्नो अमेरिका यात्रालाई लिएर अध्यक्ष लिङ्देनले गरेको टिप्पणीमा अमेरिकाबाटै सामाजिक सञ्जालमार्फत अभिनेत्री रेखाले आक्रोशि व्यक्ति गरेकी हुन् ।
बिज्ञापन
उनले फेसबुकमा लिङदेनको नाम उल्लेख नगरी लेखेकी छन्, ‘देशको माया हुनेले आफ्नो सन्तान नेपाल फिर्ता बोलाए हुन्थ्यो! अमेरिकामा किन राखेको?’
बिज्ञापन
लिङ्देनले एक सार्वजनिक कार्यक्रममा रेखाप्रति घुमाउरो टिप्पणी गरेका थिए । देशको दुरावस्था चित्रण गर्ने क्रममा उनले ‘एक कलाकार आफ्नो सन्तानलाई नेपाली बनाउन नचाहेर अमेरिका पुगेको’ बताएका थिए । यसलाई आफूप्रतिको कटाक्षका रूपमा बुझेर रेखा आक्रोशित बनेकी हुन् ।









