होमपेज > व्यावसायिक सुन्तला खेती गर्ने किसान भन्छन्– बुढेसकालको पेन्सन, कम मिहिनेतमा राम्रो आम्दानी

व्यावसायिक सुन्तला खेती गर्ने किसान भन्छन्– बुढेसकालको पेन्सन, कम मिहिनेतमा राम्रो आम्दानी

बिज्ञापन
बिज्ञापन

व्यावसायिक सुन्तला खेती गर्ने किसानले राम्रो आम्दानी गर्न थालेका छन्। परम्परागत खेतीभन्दा कम मिहिनेत लाग्ने र आम्दानी पनि राम्रो हुने भएपछि जिल्लाका अधिकांश किसान व्यावसायिक सुन्तलाखेतीमा लागेका हुन् ।

बिज्ञापन

सुन्तला खेतीबाट वार्षिकरूपमा राम्रो आम्दानी गर्न थालेको बागचौर नगरपालिका– ८ कोटमौलाका भरतनाथ योगीले बताए । ४५ रोपनीमा सुन्तला खेती गर्दै आएका योगीले गत वर्ष मात्रै २७ लाख आम्दानी गरे। यो वर्ष पनि शोही अनुपातमा आम्दानी हुने अनुमान गरेको उनले बताए। ‘केही सुन्तलाका बोटमा रोग लागेको छ । गत वर्ष अलि ढिलो गरी सुन्तला टिप्दा यो वर्ष केही कम पनि फलेको छ’, उनले भने, ‘तर पनि गत वर्षको बराबर नै आम्दानी हुने विश्वास छ।’ व्यावसायिक रूपमा सुन्तला खेती गर्दै आएका योगीको बगानमा ९०० सुन्तलाका बोट छन्।

बिज्ञापन

सुन्तला खेतीलाई किसानको पेन्सन रूपमा लिन सकिने अर्का किसान ध्वजबहादुर चन्दले बताए। बिरुवा हुर्काएपछि लामो समयसम्म लाभ लिन सकिने भएकाले यो व्यवसाय वृद्धवृद्धाका लागि बाँच्ने आधार बन्ने उनको तर्क छ । ‘सुन्तला खेती बुढेसकालको सहारा बनेको छ’, उनले भने, ‘एकपटक बिरुवा हुर्काएपछि धेरै समयसम्म निरन्तर आम्दानी दिन्छ।’ गत वर्ष १० लाख ६० हजार आम्दानी गरेका उनले यो वर्ष सुन्तलाको उत्पादन कम भएकाले केही रकम घट्ने अनुमान गरे।

किसानका अनुसार सल्यानका अन्य स्थान र बाहिरी जिल्लामा सुन्तला सकिएपछि व्यापारी कोटमौला आउने गरेका छन्। ढिलो गरी बिक्री गर्दा किसानले राम्रो मूल्य पाउने भएपनि अर्को वर्ष उत्पादन अलि कम हुन्छ। ‘सिजनमा सुन्तला बिक्री गर्दा व्यापारीले ५० देखि ६० रुपैयाँ किलोभन्दा बढी हाल्दैनन् तर माघपछि व्यापारीले १०० देखि ११० रुपैयाँ किलोसम्म दिन्छन्।’

बिज्ञापन

व्यापारी सुन्तलाको बगानमै गाडी ल्याएर आउने भएकाले बिक्रीको समस्या भन्दा पनि सुन्तलाको बोट टिकाउनेमा आफ्नो ध्यान बढी हुने गरेको किसान भुमबहादुर चन्दले बताए। सुन्तलाको बजारीकरणका लागि समस्या नभएको तर क्रमिक रुपमा सुन्तलाको बोट रोग लागेर मर्न थालेपछि भने चिन्ताले सताउन थालेको उनले बताए। गत वर्ष तीन लाखको सुन्तला बिक्री गरेका उनले यो वर्ष पनि त्यसकै सेरोफेरोमा कमाइ हुने अनुमान गरेका छन्।

जिल्लामा एक हजार ६ भन्दा बढी हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुन्छ। कृषि विकास कार्यालय सल्यानका अनुसार वार्षिक २५ करोड बढीको सुन्तला जिल्लाबाट निकासी हुने गरेको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते