होमपेज > नेपालको सार्वजनिक ऋण झण्डै २४ खर्ब पुग्यो, ऋण लिएर खर्च चलाउनु पर्ने अवस्था

नेपालको सार्वजनिक ऋण झण्डै २४ खर्ब पुग्यो, ऋण लिएर खर्च चलाउनु पर्ने अवस्था

बिज्ञापन
बिज्ञापन

नेपालको सार्वजनिक ऋण झण्डै २४ खर्ब रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयका अनुसार गएको असार अन्तिममा २२ खर्ब ९९ अर्ब रुपैयाँ रहेको ऋण चालु आर्थिक वर्षको मंसिर महिनासम्म बढेर २३ खर्ब ७१ अर्ब २५ करोड रुपैयाँ रहेको छ । यसमध्ये आन्तरिकतर्फ ११ खर्ब ९७ अर्ब ५७ करोड रुपैयाँ रहेको छ । वैदेशिकतर्फको ऋण ११ खर्ब ७३ अर्ब ६८ करोड रुपैयाँ रहेको छ ।

बिज्ञापन

साउनदेखि मङ्सिरसम्मको पाँच महिनामै सरकारले एक खर्ब ३१ अर्ब २८ करोड रुपैयाँ सार्वजनिक ऋण उठाएको छ । जसमा आन्तरिकतर्फ एक खर्ब ११ अर्ब ३१ करोड र वैदेशिकतर्फ १९ अर्ब ९७ करोड रुपैयाँ रहेको छ । साउनदेखि मङ्सिरसम्म सरकारले साँवा र ब्याज गरेर ५९ अर्ब ३७ करोड रुपैयाँ भुक्तानी पनि गरेको छ । राजस्वसहितका आम्दानी घट्दा सरकारले ऋण लिएर खर्च गरिरहेको छ ।

बिज्ञापन

महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालु आर्थिक वषको पाँच महिनामा सरकारले कुल तीन खर्ब ८३ अर्ब ९२ करोड रुपैयाँ आम्दानी गरेको छ । तर खर्च भने चार खर्ब ५२ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ । सरकारको आम्दानीभन्दा खर्च धेरै हुँदा ऋण लिएर खर्च चलाउने अवस्था आएको हो ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते