होमपेज > साताको सेयर बजारः नेप्से १९ सय ९४ अंकमा, १६ अर्ब ६९ करोडको कारोबार

साताको सेयर बजारः नेप्से १९ सय ९४ अंकमा, १६ अर्ब ६९ करोडको कारोबार

बिज्ञापन
बिज्ञापन

यो साता सेयर बजारमा उछाल देखिएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा सार्वजनिक गर्दै सेयर धितो र रियलस्टेट कर्जाको जोखिम भार घटाएसंगै सेयर बजारमा यो साता उछाल देखिएको हो ।

बिज्ञापन

राष्ट्र बैंकको उक्त निर्देशन पश्चात लगानीकर्ताहरुको मनोवल उच्चरुपमा बढ्दा नेप्से सुचक एवं कारोबार रकम दुबैले यो साता नयाँ रेर्कड बनाएका छन् । जस अनुसार नेप्से १९ सय ९४ दशमलव ६० अंकमा पुग्न सफल भएको छ भने क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन सय ७६ दशमलव ३६ अंकमा पुुग्न सफल भएको छ ।

बिज्ञापन

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा यो साता तीन सय तीन वटा कम्पनीहरुको तीन लाख ६० हजार सात सय ७१ पटकको कारोबारमा पाँच करोड दुई लाख ६२ हजार एक सय ९४ कित्ता शेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा यो साता कुल कारोबार रकम १६ अर्ब ६९ करोड ५१ लाख १० हजार एक सय ४२ रुपैंयाँ ६४ पैसा पुग्न सफल भएको छ । यो कारोबार रकम गत साताको तुलनामा नौं अर्ब रुपैंयाँले बढी हो ।

गत साता नेप्सेमा सात अर्ब ६४ करोड ७१ लाख ६२ हजार पाँच सय ८१ रुपैंयाँ तीन पैसाको सेयर कारोबार भएको थियो । कुल दुुई सय ९९ वटा कम्पनीहरुको दुई लाख सात हजार एक सय छ पटकको कारोबारमा दुई करोड ५२ लाख ७४ हजार सात सय ७४ कित्ता शेयर खरिद–बिक्री उक्त परिमाणमा रकम कारोबार भएको थियो ।

बिज्ञापन

नेप्सेको नियमित कारोबार कक्ष यो साता पाँच कार्य दिन नै खुल्ला रहेको रहेकोमा पहिलो, तेस्रो, चौंथो र पाँचौं दिन बढेको थियो भने दोस्रो दिन घटेको थियो । दैनिक सेयर कारोबारको बिश्लेषण गर्दा पहिलो दिन एक सय ११ दशमलव २९ अंकले बढेर १९ सय ६३ दशमलव ९८ अंकमा पुग्न सफल भएको नेप्से दोस्रो दिन १५ दशमलव ४० अंकले घटेर १९ सय ४८ दशमलव ५७ अंकमा खुम्चिन पुगेको थियो । तेस्रो दिन पुन ३६ दशमलव ८६ अंकले बढेर १९ सय ८५ दशमलव ४४ अंकमा चढेको नेप्से चौंथो दिन पनि दुई दशमलव ६० अंकले बढेर १९ सय ८८ दशमलव शुन्य चार अंकमा पुग्न सफल भएको थियो । पाँचौं दिन पनि नेप्से छ दशमलव ५५ अंकले बढेर १९ सय ९४ दशमलव ६० अंकमा कायम रहन सफल भएको थियो ।

यसैगरी पहिलो दिन २१ दशमलव ४५ अंकले बढेर तीन सय ७३ दशमलव ७५ अंकमा चढेको सेन्सिटिभ इन्डेक्स दोस्रो दिन चार दशमलव ३३ अंकले घटेर तीन सय ६९ दशमलव ४१ अंकमा सिमित भएको थियो ।

तेस्रो दिन चार दशमलव ९४ अंकले बढेर तीन सय ७४ दशमलव ३६ अंकमा पुग्न सफल भएको सेन्सिटिभ इन्डेक्स चौंथो दिन पनि शुन्य दशमलव ९३ अंकले उकालो लागेर तीन सय ७५ दशमलव ३० अंकमा पुग्न सफल भएको थियो । पाँचौं पुन सेन्सिटिभ इन्डेक्स एक दशमलव शुन्य छ अंकले बढेर तीन सय ७६ दशमलव ३६ अंकमा कायम रहन पुगेको थियो ।

यो साता सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड, हिमालयन डिष्ट्रिलरी प्राली आदिको बढी रकम कारोबार भएका छन् भने नेपाल पुर्नबीमा कम्पनी, हिमालयन डिष्ट्रिलरी प्राली आदिको बढी संख्यामा सेयर किनबेच भएका छन् । बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनीहरु अगाडि परेका छन् ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते