होमपेज > आकासियो हरियो तरकारीको भाउ, एकैदिन ४ सयले बढ्यो कुरीलोको भाउ

आकासियो हरियो तरकारीको भाउ, एकैदिन ४ सयले बढ्यो कुरीलोको भाउ

बिज्ञापन
बिज्ञापन

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि हरियो तरकारीको मूल्य सार्वजनिक गरेको छ । शनिबार प्रतिकेजी ४०० रुपैयाँले मूल्य बढेर कुरीलो एकैदिन १२०० रुपैयाँ पुगेको छ । सोहि कुरीलोको मूल्य समितिले हिजो प्रतिकेजी ८०० रुपैयाँ तोकेको थियो ।

बिज्ञापन

समितिले तय गरेको तरकारीको मूल्यसूचीअनुसार शनिबार सुकेको प्याज प्रतिकेजी न्यूनतम मूल्य १ सय ३५ रुपैयाँ निर्धारण भएको छ । शुक्रबारको तुलनामा आज प्याजको मूल्य प्रतिकेजी ५ रुपैयाँ घटेको छ ।

बिज्ञापन

आज हरियो तरकारीको निर्धारित बजार मूल्यमा हिजोको तुलनामा भिण्डी,पाकेको फर्सी,हरियो प्याज,डल्ले च्याउ,भिण्डी,कुरिलोलगायतमा मूल्य ३० रुपैयाँदेखि ४०० रुपैयाँसम्म बढेर आएको छ । आज शनिबार नेपाली ठूलो गोलभेडा प्रतिकेजी न्यूनतम मूल्य ५० रुपैयाँ पुगेको छ ।

यस्तै, समितिले सानो गोलभेडा लोकल १५ रुपैयाँ, रातो आलु नेपाली ३४, सेतो आलु ३०, गाजर प्रतिकेजी ४०, बन्दा लोकल ३०, स्थानिय काउली २५, मूला रातो १५, सेतो मूला ८, भन्टा लाम्चो ४०, मकै बोडी ६०, मटरकोशा १२०, घिउ सिमी लोकल ७०, राजमा सिमी १२०, लौका ५०, परवल लोकल ७०, भिण्डी १२०, फर्सी पाकेको ३३, हरियो फर्सी लाम्चो ४० रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरेको छ ।

बिज्ञापन

आज रायोको साग हिजोको तुलनामा प्रतिकेजी पाँच रुपैयाँले बढेर ३०, पालुंगो ११०, चमसुर ११०, तोरी ३०, हरियो प्याज ९०, च्याउ कन्य १६०, डल्ले च्याउ २८०, कुरीलो १२००, ब्रोकाउली ६० रुपैयाँ तोकिएको छ ।

शनिबार फलफूलमा फूजी स्याउको मूल्य हिजोको तुलनामा प्रतिकेजी २० रुपैयाँले घटेर ३०० रुपैयाँ न्यूनतम मूल्यमा बजारमा पाइने छ । यस्तै, केरा १४०, कागती १२०, अनार ३५०, कालो अंगुर २५०, सुन्तला नेपाली १००, मौसम १४०, जुनार २००, आभोकाडो २०० र किवि २०० रुपैयाँ तोकिएको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते