नेपाली बजारमा आज बुधबार सुनचाँदीको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३०० रुपैयाँ घटेको हो ।
बिज्ञापन
आज छापावाल सुन तोलामा एक लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन उक्त सुन तोलामा एक लाख १६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन तोलामा एक लाख १५ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिज्ञापन
चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ घटेको छ । आज चाँदी तोलामा एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।








