होमपेज > आयल निगमका कार्यकारी निर्देशक थानीले दिए राजीनामा

आयल निगमका कार्यकारी निर्देशक थानीले दिए राजीनामा

बिज्ञापन
बिज्ञापन

नेपाल आयल निगमका कार्यकारी निर्देशक ई।उमेशप्रसाद थानीले कार्यकाल नसकिंदै राजीनामा दिएका छन् । एक वर्ष तीन महिना कार्यकाल बाँकी छँदै कार्यकारी निर्देशक थानीले राजीनामा दिएका हुन् । थानीले राजीनामा दिएको उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले पुष्टी गरेका छन् ।

बिज्ञापन

दुई वर्षअघि २०७८ फागुन २६ गतेको मन्त्रिपरिषद् बैठकमा उनी नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए । उनी सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन)का निवर्तमान अध्यक्ष हुन् ।

बिज्ञापन

सिडेन नेपाली कांग्रेस निकट इन्जिनियरहरूको संस्था हो । थानी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । आयल निगममा आउनुअघि उनलाई क्यानडाका लागि राजदूतको प्रस्ताव आएको बताइन्छ । तर, उक्त प्रस्ताव छाडेर थानी आयल निगम आएका थिए । उनलाई अहिले जापानका लागि नेपाली राजदूत वा राष्ट्रिय सभा सदस्यको प्रस्ताव भएको चर्चा छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते