होमपेज > ३३ करोड हिनामिनाको आरोपमा नेसनल डेभलपमेन्ट सहकारीका व्यवस्थापक पक्राउ

३३ करोड हिनामिनाको आरोपमा नेसनल डेभलपमेन्ट सहकारीका व्यवस्थापक पक्राउ

बिज्ञापन
बिज्ञापन

नेसनल डेभलपमेन्ट को-अपरेटिभ सोसाइटीका व्यवस्थापक पक्राउ परेका छन् । ललितपुरको गाबहालमा रहेको उक्त सहकारीको ३३ करोड बढी रकम हिनाहिना गरेको आरोपमा संस्थाका व्यवस्थापक दिनेशकुमार पन्त पक्राउ परेका हुन् ।

बिज्ञापन

पन्तसँगै सहकारीको लेखा समिति संयोजक रवीन्द्रकुमार नेम्कुल पनि पक्राउ परेका छन् । उनीहरुले आफन्तका नाममा नियमविपरीत कर्जा प्रवाह गरी रकम हिनामिना गरेको प्रहरीले जनाएको छ । यसो त उक्त सहकारीमा भएको ठगीको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले गरेको थियो । सिआईबीले गरेको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा समेत बुझाइसकेको छ । प्रतिवेदनमा उनीहरुमाथि ३३ करोड २२ लाख ५८ हजार दुई सय ८३ रुपैयाँ बिगो कायम गरी ठगी मुद्धा चलाउनुपर्ने राय सिआईबीले दिएको छ ।

बिज्ञापन

सिआईबीका अनुसार पक्राउ परेका व्यवस्थापक पन्तले आफ्नी श्रीमती एकता पन्त, छोरा दिवश पन्त र भाई उत्तम पन्तको नाममा बिना धितो नियमविपरित कर्जा प्रवाह गरेका थिए । त्यस्तै, लेखा समितिका संयोजक नेम्कुलसहित कृष्ण खत्री र रुपा घिमिरेको नाममा पनि कर्जा प्रवाह भएको सिआईबीको प्रतिवेदनमा उल्लेख छ ।

घिमिरेको नाममा रहेको जग्गा सहकारीबाट लिएको कर्जा नै नतिरी फुकुवा गरेको समेत पाइएको सिआईबीले जनाएको छ । सहकारीको यस्तो ठगीमा संस्थाका तत्कालीन अध्यक्ष स्वर्गीय रजेशहरी जोशीको पनि मिलेमतो देखिएको सिआईबीले जनाएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते