होमपेज > सन नेपाल लाइफको सेयर बिहीबारबाट कारोबारमा

सन नेपाल लाइफको सेयर बिहीबारबाट कारोबारमा

बिज्ञापन
बिज्ञापन

सन नेपाल लाइफ इन्स्योरेन्सको सेयर धितोपत्र दोस्रो बजारमा बिहीबारबाट कारोबारमा आउने भएको छ।

बिज्ञापन

सन नेपाल लाइफको आईपीओ आज (मंगलबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। कुनै पनि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ। तर, भोलि असोज ३ गते (बुधबार) संविधान दिवसका अवसरमा सार्वजनिक बिदा दिइएकोले यो कम्पनीको सेयर बिहीबारबाट कारोबारमा आउने भएको हो।

बिज्ञापन

नेप्सेमा सन नेपाल लाइफको १०० रुपैयाँ अंकित दरका कुल ३ करोड २० लाख कित्ता सेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको २ करोड २४ लाख कित्ता (७० प्रतिशत) र सर्वसाधारण (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीसमेत)को ९६ लाख कित्ता (३० प्रतिशत) छन्।

नेप्सेले सन नेपाल लाइफलाई ‘एसएनएलआई’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने नेप्सेले यो कम्पनीलाई प्रतिकित्ता न्यूनतम १५८.४१ रुपैयाँदेखि अधिकतममा ४७५.२३ रुपैयाँ तोकिएको छ। बिहीबारको स्पेसल प्रि–ओपन सेसनमा यो कम्पनीको सेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित सत्रका लागि कारोबारमा आउनेछ।

बिज्ञापन

सन नेपाल लाइफले गत साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म सर्वसाधारणलाई १०० अंकित दरमा १३९ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँमा आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीको बाँडफाँड गत भदौ १५ गते धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको कार्यालयमा गरिएको थियो।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते