होमपेज > मीड सोलु हाइड्रोपावरको आइपीओ बाँडफाँट, कति जनालाई पर्‍यो?

मीड सोलु हाइड्रोपावरको आइपीओ बाँडफाँट, कति जनालाई पर्‍यो?

बिज्ञापन
बिज्ञापन

मीड सोलु हाइड्रोपावरले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री गरेको आइपीओ बाँडफाँट गरेको छ। बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले आइपीओ बाँडफाँट गरेको हो। कम्पनीले १० कित्तादेखि ३ हजार कित्तासम्म आवेदन दिने आवेदकमध्ये गोलाप्रथामार्फत ७ हजार ४८४ जनालाई छनौट गरी १० कित्ताका दरले आइपीओ बाँडफाँट गरेको जनाएको छ।

बिज्ञापन

कम्पनीले साउन १४ गतेदेखि २८ गतेसम्म वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि १ सय अंकित मूल्यमा ७४ हजार ८४० कित्ता सेयर निष्कासन गरेको थियो। जसमा ३१ हजार ५२२ जना आवेदकहरुबाट ७ लाख ४ हजार २ सय कित्ता सेयरको लागि आवेदन परेको थियो।

बिज्ञापन

यो मध्ये विभिन्न कारणबाट १ हजार ८६७ जना आवेदकहरुबाट प्राप्त ५८ हजार ६४० कित्ता सेयरको आवेदन रद्द भएको थियो। यस्तै, आवेदन रुजु गर्दा थप ७ जना आवेदकबाट २६० कित्ता सेयरको लागि प्राप्त आवेदन रितपूर्वक नदेखिएकाले उक्त आवदेन पनि रद्द गरिएको बिक्री प्रबन्धकले जनाएको छ।

बाँकी हुन आएको २९ हजार ६४१ जना आवेदकहरुबाट प्राप्त ६ लाख ४५ हजार ३०० कित्ता सेयर गोलाप्रथाका लागि योग्य ठहरिएको थियो। बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलको वेबसाइटर मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सकिनेछ। साथै, सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट बाट पनि रिजल्ट हेर्न सकिन्छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते