होमपेज > सुन तस्करी प्रकरणपछि विमानस्थल भन्सार प्रमुख फेरिए, टोकराज पाण्डे नियुक्त

सुन तस्करी प्रकरणपछि विमानस्थल भन्सार प्रमुख फेरिए, टोकराज पाण्डे नियुक्त

बिज्ञापन
बिज्ञापन

एक क्विन्टल सुन तस्करी प्रकरण बाहिरिएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख फेरिएका छन् । अर्थमन्त्री डा. प्रकाशशरण महतले मन्त्रालयस्तरीय निर्णय गर्दै टोकराज पाण्डेलाई त्रिभुवन विमानस्थल भन्सार प्रमुखमा नियुक्त गरेका हुन्।

बिज्ञापन

निजामती राष्ट्रिय किताबखानाका महानिर्देशक पाण्डे गत बिहीबार मात्रै अर्थ मन्त्रालयमा तानिएका थिए । यसअघिका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका भन्सार प्रमुख अरुण पोखरेल गत गत असार १७ गतेदेखि बिरामी बिदामा छन्। हाल उनलाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ।

बिज्ञापन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छलेर अवैधरूपमा नेपाल भित्रिएको १०० किलाे बढी सुन गत बुधबार राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । क्याथे फ्यासिफिकको उडानमार्फत हङकङबाट स्कुटर र मोटरसाइकल ‘ब्रेक सु’मा लुकाएर ल्याइएको उक्त परिणामकाे सुन विमानस्थल भन्सारबाट पार गरेर सिनामंगल सडकसम्म पुर्‍याइए पछि बरामद भएको थियो । भन्सार कार्यालयले निर्वाध रूपमा सुन पास गरिएको थियो । तर, उक्त जाँचपास शंकास्पद रहेको सूचनाका आधारमा राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेकाे थियाे ।

यसरी बरामद भएको सुन गुणस्तर तथा तौल परीक्षणका लागि अहिले नेपाल राष्ट्र बैंकअन्तर्गतको टक्सार महाशाखामा पुर्याइएको छ । यस सुन तस्करी प्रकरणमा हालसम्म १६ जना पक्राउ परिसकेका छन् ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते