एनआईसी एसिया बैंकले ४ लाख कित्ता शेयर बिक्री गर्ने भएको छ । बैंकले ४ लाख कित्ता शेयर आज साउन ९ गतेबाट बिक्रीमा ल्याएको हो । बैंकले संस्थापक समूहको ४ लाख कित्ता शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याएको हो ।
बिज्ञापन
उक्त शेयरमा इच्छुक विद्यमान संस्थापक सेयरधनी वा जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्ने बैंकले जनाएको छ । बिक्रीमा ल्याएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३७५ रुपैयाँ तोकिएको छ । यसको अर्थ लगानीकर्ताले खरिद आवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ ।
बिज्ञापन
लगानीकर्ताले न्यूनतम १ हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ । अधिकतममा भने १० ले भाग जाने संख्यामा वा अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ । उक्त शेयरमा यही साउन १८ गतेसम्म खरिद आवेदन दिन सकिनेछ ।








