होमपेज > सानिमा बैंकको छात्रवृत्तिका लागि आवेदन खुला, छात्रवृत्ति पाउन के–के हुनुपर्छ?

सानिमा बैंकको छात्रवृत्तिका लागि आवेदन खुला, छात्रवृत्ति पाउन के–के हुनुपर्छ?

बिज्ञापन
बिज्ञापन

सानिमा बैंकको छावृत्तिका लागि आवेदन खुला गरिएको छ। बैंकले आज एक सूचना प्रकाशित गर्दै छावृत्तिका लागि आवेदन खुला गरेको हो। बैंकले विगत १० वर्षदेखि काठमाण्डौ उपत्यकाबाहिर रहेका प्रत्येक शाखाहरुबाट २–२ जना विद्यार्थीलाई विद्यार्थीकै रोजाइको शैक्षिक संस्था र विषयमा उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति (शैक्षिक संस्थामा लाग्ने शुल्कहरु तथा शैक्षिक सामग्रीका अतिरिक्त मासिक २ हजार रुपैयाँ नगदवृत्ति) प्रदान गर्दै आइरहेको छ।

बिज्ञापन

सोही छावृत्तिलाई निरन्तरता दिँदै बैंकले माध्यम तह (कक्षा ११ र १२) अध्ययन गर्नका लागि काठमाण्डौ उपत्यकाबाहिर सानिमा बैंकका शाखा रहेका स्थानका स्थायी बासिन्दाहरुमध्येबाट २०७९ सालमा सञ्चालित एसईई परीक्षा उत्तीर्ण गर्ने गरिब तथा विपन्न परिवारका विद्यार्थीहरुमध्येबाट आवेदन दिन बैंकले आग्रह गरेको छ।

बिज्ञापन

छात्रवृत्तिको रकम प्रतिवर्ष प्रतिविद्यार्थी ५० हजार रुपैयाँसम्म हुने बैंकले जनाएको छ। जसमा मासिक खर्चका लागि प्रतिमहिना २ हजार रुपैयाँ नगदवृत्ति समावेश हुने बैंकले स्पष्ट पारेको छ।

छात्रवृत्ति पाउन के–के हुनुपर्छ ?

बिज्ञापन

छात्रवृत्ति पाउन आवेदक शाखा रहेको स्थानको स्थायी बासिन्दा हुनुपर्नेछ।
आवेदक गरिब तथा विपन्न परिवारको हुनुपर्नेछ।
आवेदकले सोही स्थानभित्रको सरकारी तथा सामुदायिक विद्यालयमा निरन्तर विगत ३ वर्ष अध्ययन गरी पहिलो प्रयासमा नै एसईई उत्तीर्ण गरेको हुनुपर्नेछ।
सोही स्थानभित्र रहेका माध्यामिक शैक्षिक संस्थामा उपलब्ध विषय तथा संकाय अध्ययन गर्नुपर्नेछ। शैक्षिक संस्था तथा संकाय आवेदक आफैँले छनौट गर्नुपर्नेछ।
आवेदकले अध्ययन गर्न इच्छाएको शैक्षिक संस्थाले आवेदकलाई भर्ना लिने निश्चित भएपछि मात्र छात्रवृत्ति प्रदान गरिनेछ।
आवेदक पूर्णकालीन छात्र–छात्राका रुपमा रहनुपर्नेछ।
आवेदकहरुमध्येबाट सबैभन्दा गरिब तथा विपन्न उम्मेदवारको छनौट बैंकले गठन गरेको स्थानीय व्यक्तिहरु सदस्य रहेको सिफारिस समितिले गर्नेछ। समितिले आवेदक वा निजका परिवारका सदस्यहरुको अन्तर्वार्ता लिन सक्नेछ।
छात्रवृत्ति शैक्षिक संस्थामा भर्ना भएको मितिदेखि लागू हेनेछ।
निवेदकले हाल अन्य कुनै पनि छात्रवृत्ति नपाएको हुनुपर्नेछ।
आवेदन फारम बैंकको शाखा कार्यालयबाट निःशुल्क उपलब्ध हुनेछ।
आवेदनका साथ संलग्न गर्नुपर्ने कागजातहरुः एक प्रति पासपोर्ट साइजको फोटो, एसईईको मार्कसिट र चारित्रिक प्रमाणपत्र, आवेदकले विगत ३ वर्षदेखि शाखा रहेका स्थानभित्र रहेका सरकारी तथा सामुदायिक विद्यालयबाट निरन्तर अध्ययन गरेको कागजात र बाबु वा आमाको नागरिकताको प्रतिलिपि।
आवेदन फारम भर्ने अन्तिम मिति आउँदो भदौ ३१ गते कार्यालय समयभित्र तोकिएको छ।

सानिमा बैंकको उपत्यकाबाहिर रहेका सम्पूर्ण शााहरुबाट छात्रवृत्ति प्रदान गरिनेछ। शाखाहरुको जानकारी सानिमा बैंकको वेबसाइटबाट लिन सकिनेछ। अन्य जानकारी लागि बैंकको प्रधान कार्यालय तथा सम्बन्धित शाखाहरुमा सम्पर्क राख्न सक्नेछन्।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते