होमपेज > मर्जर कै कारण बीमा क्षेत्रमा कर्मचारीको संख्या घट्यो

मर्जर कै कारण बीमा क्षेत्रमा कर्मचारीको संख्या घट्यो

बिज्ञापन
बिज्ञापन

बीमा क्षेत्रमा कार्यरत कुल कर्मचारी संख्या घटेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक बर्षको बैशाख मसान्तसम्ममा बीमा कम्पनीहरुमा कार्यरत कुल कर्मचारी संख्या गत आवको सोही अवधिको तुलनामा चार दशमलव ९६ प्रतिशतले घटेर ११ हजार दुई सय ८६ जनामा सिमित हुन पुगेको हो ।

बिज्ञापन

गत आवको सोही अवधिमा भने बीमा कम्पनीहरुमा कार्यरत कर्मचारीहरुको कुल संख्या ११ हजार आठ सय ७५ जना रहेका थिए । पछिल्लो समय धेरै वटा बीमा कम्पनीहरुले मर्जर मार्फत एकीकृत कारोबार सुरु गरेकाले पनि कर्मचारी संख्यामा केही कमी आएको हुन सक्छ, प्राधिकरणले भनेको छ । प्राधिकरणका अनुसार पछिल्लो समय मर्जर कै कारण बीमा कम्पनीहरुको संख्या घटेर ३१ वटामा सिमित भएको छ ।

बिज्ञापन

जसमध्ये जीवन बीमातर्फ १५ वटा , निर्जिवन बीमतर्फ १४ वटा र पुर्नबीमातर्फ दुई वटा कम्पनीहरु सञ्चालनमा रहेका छन् । यसअर्थमा बीमा कम्पनीहरुको संख्या घटेकै कारण कर्मचारीहरुको संख्या पनि घटेको हो, प्राधिकणले भनेको छ । प्राधिकरणका अनुसार चालु आर्थिक बर्षको बैशाख मसान्तसम्ममा जीवन र निर्जीवन बीमा कम्पनीहरुले संकलन गरेको कुल बीमाशुल्क एक खर्ब ४६ अर्ब ७९ करोड ९३ लाख ५५ हजार रुपैंयाँ पुगेको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा तीन दशमलव ३६ प्रतिशतले बढी हो ।

गत आवको सोही अवधिमा भने बीमा कम्पनीहरुको कुल बीमाशुल्क संकलन रकम एक खर्ब ४१ अर्ब ५९ करोड ९२ लाख ४० हजार रुपैंयाँ रहेको थियो । प्राधिकरणका अनुसार जीवन बीमा र निर्जिवन बीमा कम्पनीहरुले बीमालेख बिक्री गरेर यस्तो रकम संकलन गरेका हुन । चालु आवको पछिल्लो अवधिमा जीवन बीमा कम्पनीहरुले जारी गरेको कुल जीवन बीमालेखको संख्या भने एक करोड ३८ लाख ८३ हजार तीन सय ५७ पुगेको छ । प्राधिकरणका अनुसार यो बीमालेख गत आवको सोही अवधिको तुलनामा १२ दशमलव २२ प्रतिशतले बढी हो ।

बिज्ञापन

गत आवको सोही अवधिमा भने यस्तो जीवन बीमालेखको संख्या एक करोड २३ लाख ७१ हजार छ सय ९१ रहेको थियो । निर्जिवन बीमा कम्पनीहरुले जारी गरेको कुल निर्जिवन बीमालेखको संख्या भने पछिल्लो अवधिमा २३ लाख ५० हजार छ सय ५२ पुगेको छ । यो संंख्या गत आवको सोही अवधिको तुलनामा शुन्य दशमलव १० प्रतिशतले बढी हो । प्राधिकरणका अनुसार गत आवको सोही अवधिमा भने कुल निर्जिवन बीमालेखको संख्या २३ लाख ४८ हजार दुई सय ३२ वटा रहेको थियो ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते