होमपेज > दश महिनामा ३८ अर्ब १० करोडले घट्यो राजस्व संकलन

दश महिनामा ३८ अर्ब १० करोडले घट्यो राजस्व संकलन

बिज्ञापन
बिज्ञापन

चालु आर्थिक वर्ष २०७९/८० को १० महिनामा राजस्व संकलन ३८ अर्ब १० करोड रुपैयाँले घटेको छ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म सरकारले आठ खर्ब ३५ अर्ब ४४ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा सात खर्ब ९७ अर्ब ३४ लाख रुपैयाँ राजस्व संकलन भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । सरकारले आयातमा लगाएको प्रतिबन्धका कारण लक्ष्यअनुरूप राजस्व उठ्न नसकेको हो । अर्थतन्त्रमा समस्या आएको भन्दै सरकारले विलासिताका बस्तु आयातमा प्रतिबन्ध लगाएको थियो ।

बिज्ञापन

सरकारले गर्ने अन्य खर्च भने ऋण र वैदेशिक सहायताबाट पूर्ति गर्ने लक्ष्य लिएको थियो । तर, चालु आर्थिक वर्षमा वैदेशिक सहायता र ऋण अपेक्षाअनुरूप आउन नसकेपछि राजस्वको लक्ष्य पनि पुरा हुन सकेन । महालेखाका अनुसार सहायता र अन्य प्राप्तिबाहेक राजस्व संकलन सात खर्ब ५६ अर्ब २५ करोड रुपैयाँ भएको छ । उक्त राजस्व संकलनले सरकारको अनिवार्य दायित्व भुक्तानी गर्न सक्ने स्थिति देखिदैन । चालु वर्षमा सरकारले राखेको राजस्व लक्ष्य पूरा नहुने देखिन्छ । यो वर्ष सरकारले १४ खर्ब तीन अर्ब १४ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । हालसम्म लक्ष्यको ५३।९ प्रतिशत मात्र राजस्व संकलन भएको छ । यो वर्षभरि नै अर्थतन्त्रमा दबाब परेकाले पनि राजस्व संकलनमा कमी आएको आकलन गरिएको छ ।

बिज्ञापन

अर्थतन्त्रमा चाप देखिँदा आर्थिक गतिविधि सुस्त अवस्थामा रहेको छ । सहरका चोक–चोकमा सञ्चालनमा आएका व्यापार–व्यवसाय अहिले बन्द छन् । त्यसले पनि चालु वर्षमा लक्ष्यको ७०–८० प्रतिशत मात्र राजस्व संकलन हुने अनुमान गरिएको छ । चालु आर्थिक वर्षको वैशाखसम्म सहायताबापत चार अर्ब ८० करोड २० लाख रुपैयाँ प्राप्त भएको महालेखाले जनाएको छ । यो अवधिमा पुँजीगत खर्च लक्ष्यको ३३ प्रतिशत भएको छ ।महालेखाका अनुसार वैशाख मसान्तसम्म पुँजीगत खर्च एक खर्ब २५ अर्ब ६७ करोड रुपैयाँ भएको छ । चालु वर्षमा सरकारले तीन खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको छ ।

सरकारले चालु आर्थिक वर्षको वैशाखमा एक खर्ब १५ अर्ब ७८ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर, वैशाखमा ७२ अर्ब ८७ करोड १५ लाख रुपैयाँ राजस्व संकलन भएको महालेखाले जनाएको छ । उक्त महिना लक्ष्यभन्दा ४२ अर्ब ९० करोड ८५ लाख रुपैयाँ कम राजस्व संकलन भएको तथ्यांकले देखाएको छ ।

बिज्ञापन

चालु आर्थिक वर्षका लागि ५५ अर्ब ४५ करोड ८३ लाख बराबर वैदेशिक अनुदान लिने सरकारी लक्ष्य रहेकामा वैशाख मसान्तसम्ममा लक्ष्यको आठ दशमलव ६६ प्रतिशत अर्थात चार अर्ब ८० करोड बराबर मात्रै अनुदान आएको छ । गत वर्षको वैशाख मसान्तसम्मको तुलनामा यो वर्षको सोही अवधिमा आयकर र मूल्य अभिवृद्धि कर घटेको छ भने अन्तःशुल्क असुली बढेको छ ।

चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा एक खर्ब ५९ अर्ब पाँच करोड बराबर आयकर संकलन भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा एक खर्ब ७३ अर्ब ४० करोड बराबर आयकर संकलन भएको थियो । त्यस्तै गत वर्षको तुलनामा भ्याट पनि न्यून उठेको छ । गत वर्ष वैशाख मसान्तसम्ममा ९० अर्ब ६८ करोड भ्याट उठेकामा चालु आर्थिक वर्षको सोही अवधिमा ८८ अर्ब ६७ लाख बराबर असुली भएको छ । गत वर्षको तुलनामा अन्तःशुल्क भने केही बढेको छ । वैशाख मसान्तसम्ममा ८४ अर्ब ११ करोड बराबर अन्तःशुल्क असुली भएको छ । गत वर्षको सोही अवधिमा अन्तःशुल्क ८३ अर्ब ८८ करोड रुपैया बराबर भएको थियो ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते