होमपेज > चार महिनामा तीन लाख पर्यटक नेपाल भित्रिएः अप्रिलमा मात्रै ९८ हजार

चार महिनामा तीन लाख पर्यटक नेपाल भित्रिएः अप्रिलमा मात्रै ९८ हजार

बिज्ञापन
बिज्ञापन

गत चार महिनामा नेपालमा तीन लाख २६ हजार बढी पर्यटक भित्रिएका छन् । पर्यटन वोर्डको तथ्यांक अनुसार सन् २०२३ को जनवरीदेखि अप्रिलसम्ममा तीन लाख २६ हजार ५२८ पर्यटक नेपाल आएका हुन् ।

बिज्ञापन

जनवरीमा ५५ हजार ७४, फेब्रुअरीमा ७३ हजार २५५, मार्चमा ९९ हजार ४२६ जना र अप्रिलमा ९८ हजार ७७३ जना पर्यटक हवाईमार्गबाट नेपाल आएको बोर्डले जानकारी दिएको छ । बोर्डका अनुसार कोरोना महामारी पछि सबैभन्दा बढी पर्यटक आएका हुन् । भारतबाट सबैभन्दा धेरै ३१ हजार ४३७ पर्यटन नेपाल आएका छन् ।

बिज्ञापन

यस्तै, यूएसबाट आठ हजार ४१३, यूकेबाट पाँच हजार ४०९, चीनबाट चार हजार ७७०, अष्टे«लियाबाट तीन हजार २, जर्मनीबाट तीन हजार ३४६ , फ्रान्सबाट तीन हजार २११, रुसबाट दुई हजार ६७३, बंगलादेशबाट तीन हजार २१७ र थाइल्याण्डबाट तीन हजार १०२ पर्यटन नेपाल आएका छन् ।

सन् २०१९ को अप्रिलमा एक लाख ९ हजार ३९९ पर्यटक नेपाल आएका थिए । यसको तुलानामा अप्रिल महिनामा पर्यटक आवागमन ९०.२८ प्रतिशतले पुनरुत्थान भएको हो । विभागको तथ्यांकअनुसार २०२२ को अप्रिलमा ६१ हजार ५८९ र २०२१ को अप्रिलमा २२ हजार ७३२ पर्यटक नेपाल आएका थिए । २०२० को अप्रिलमा १४ जना पर्यटक नेपालमा आएका थिए ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते