होमपेज > घरेलु उद्योगमा बागमतीको हिस्सा माथि, कर्णाली सबैभन्दा कमजोर

घरेलु उद्योगमा बागमतीको हिस्सा माथि, कर्णाली सबैभन्दा कमजोर

बिज्ञापन
बिज्ञापन

मुलुकको अर्थतन्त्रको आधारस्तम्भका रूपमा रहेको घरेलु व्यवसाय तथा उद्योग सञ्चालन गर्नेमा बागमती प्रदेश शीर्ष स्थानमा रहेको छ । अन्य प्रदेशमा पनि घरेलु उद्योग सञ्चालन गर्न सकिने भए पनि सङ्घीय राजधानी रहेको बागमती प्रदेशको हिस्सा बढी छ ।

बिज्ञापन

आर्थिकरूपमा पछाडि परेको कर्णाली प्रदेश घरेलु उद्योगमा समेत कमजोर अवस्थामा रहँदा बागमती प्रदेशको हिस्सा बढी रहेको राष्ट्रिय जनगणनाको पछिल्लो विवरणमा उल्लेख छ । देशभर कुनै पनि सरकारी निकायमा दर्ता नगरेका र एक जना पनि तलबी कामदार नराखेका कृषिबाहेकका साना घरेलु व्यवसाय सञ्चालन गरेका परिवार छ लाख २७ हजार आठ सय ८७ छन् ।

बिज्ञापन

साना घरेलु व्यवसाय सञ्चालन गर्ने कूल परिवारमध्ये घरेलु उद्योग सञ्चालन गर्ने परिवार नौ दशमलव् चार प्रतिशत रहेको छ । साना घरेलु व्यवसाय सञ्चालन गर्ने कूल परिवारमध्ये घरेलु उद्योग एक लाख ३७ हजार छ सय ४४ बराबर छ ।

व्यापार व्यवसायमा तीन लाख १० हजार छ सय ५१, यातायातमा ३४ हजार छ सय ५६, सेवा क्षेत्रमा ६९ हजार एक सय ७७ र अन्य व्यवसायमा ७५ हजार पाँच सय ५९ बराबर छ । साना घरेलु व्यवसायमध्ये मुख्यरूपमा पुरुषले सञ्चालन गरेका ५५ प्रतिशत र महिलाले सञ्चालन गरेका ४५ प्रतिशत छन् ।

बिज्ञापन

यस्तै जनगणनाअनुसार १० वर्ष वा सोभन्दा बढी उमेरका कुल जनसङ्ख्याको ३३ दशमलव एक प्रतिशत मानिस अविवाहित छन् भने ६१ दशमलव आठ प्रतिशत मानिस विवाहित छन् । राष्ट्रिय जनगणना २०७८ को नतिजाले धेरैजसो व्यक्ति ३४ दशमलव चार प्रतिशतको विवाह १८ देखि २० वर्षको उमेरमा भएको देखाएको छ । मुलुकको कूल साक्षरता दर ६७ दशमलव तीन प्रतिशत बराबर छ । पुरुषको साक्षरता दर ८३ दशमलव छ प्रतिशत छ भने महिलाको साक्षरता दर ६९ दशमलव चार प्रतिशत छ ।

कृषिमा संलग्न जनसङ्ख्या बढी
राष्ट्रिय जनगणनाअनुसार आर्थिक काममा संलग्न एक करोड ४९ लाख ८३ हजार तीन सय १० जनसङ्ख्या छन् । त्यसमध्ये सबैभन्दा धेरै कृषि, वन र माछापालन क्षेत्रमा ५७ दशमलव तीन प्रतिशत रहेका छन् । थोक एवं खुद्रा व्यापार, मोटरगाडी तथा मोटरसाइकल मर्मतमा १२ दशमलव पाँच प्रतिशत, निर्माणमा आठ दशमलव एक प्रतिशत, अन्य सेवामा तीन दशमलव नौ प्रतिशत, औद्योगिक उत्पादनमा तीन दशमलव आठ प्रतिशत जनसङ्ख्या संलग्न छन् ।

विद्यार्थी भएका कारण आर्थिक काम नगर्नेको सङ्ख्या पनि उत्तिकै छ । दश वर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिमध्ये कुनै पनि आम्दानी हुने वा नहुने आर्थिक काम नगरेका व्यक्तिमध्ये सबैभन्दा धेरै ४६ दशमलव नौ प्रतिशत विद्यार्थी भएकाले आर्थिक काम नगरेको देखिन्छ ।

घरधन्दामा २१ दशमलव नौ प्रतिशत, वृद्धावस्थामा ११ प्रतिशत, पारिवारिक हेरचाह सात दशमलव पाँच प्रतिशत, अन्यमा सात दशमलव चार प्रतिशत, अशक्त बिरामी दुई दशमलव पाँच प्रतिशत, पेन्सन आयमा दुई दशमलव दुई प्रतिशत र सामाजिक कार्य र स्वयंसेवा शून्य दशमलव तीन प्रतिशत रहेको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते