होमपेज > रङ्गशालाबाट धुर्मुसको बिलौना: सहयोग बराबरको संरचना बनेको तपाईको आँखाले देखेन भने मलाई मारिदिनुस् (भिडियो)

रङ्गशालाबाट धुर्मुसको बिलौना: सहयोग बराबरको संरचना बनेको तपाईको आँखाले देखेन भने मलाई मारिदिनुस् (भिडियो)

बिज्ञापन
बिज्ञापन

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण कार्यबाट बाहिरिएपछि गुमनाम बनेका कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले अलपत्र परेको चितवनस्थित निर्माणाधीन रङ्गशालामा पुगेर बिलौना पोखेका छन् । उनले आफूले २ वर्षदेखि मानसिक यातना भोगिरहेको बताएका छन् । ‘धुर्मुस–सुन्तली फाण्डेसन’को फेसबुक पेजमा एक भिडिओ शेयर गर्दै सीतारामले मानसिक यातना भोगिरहेको उल्लेख गरेका हुन् ।

बिज्ञापन

उनले आफूमाथि करोडौं भ्रष्टाचारको आरोप लागिरहेको भन्दै हिसाब देखाउन तयार रहेको बताएका छन् । करोडौं ‘भ्रष्टाचार गरे गाडी जोडे, स्वीमिङ पुलसहितको घर जोडे भनेर आरोप लगाइयो । हो, घर छ स्वीमिङ पुलसहितको । रात–दिन रोएको आँशुको भेलले बनेको स्वीमिङ पुल छ । घर, गाडी हामीले २०६७ सालमै जोडिसकेका थियौँ,’ धुर्मुसले भिडियो सार्वजनिक गर्दै भनेका छन् ।

बिज्ञापन

उनले केन्द्र सरकार, स्थानीय सरकारबाट सहयोग नपाएको समेत गुनासो गरेका छन् । करिब १२ करोड मात्रै स्थानीय सरकारहरुबाट सहयोग आएको र अरू सबै स्वदेशमा विदेशमा रहेका दाताहरुको सहयोगमा निर्माण गरिएको उनले स्पष्ट पारेका छन् ।

आज पनि रङ्गशाला बन्नुपर्छ भनेर आफू हिँडिरहेको उनले उल्लेख गरेका छन् । उनले हेर्न चाहनेलाई हिसाब देखाउन सक्ने र गलत भए मर्न पनि तयार रहेको बताएका छन् । ‘सहयोग बराबरको संरचना बनेको तपाईको आँखाले देखेन भने मलाई मारिदिनुस्, गाडिदिनु्स् । म हाँसी हाँसी मर्न तयार छु’, धुर्मुसले भनेका छन् ।

बिज्ञापन

धुर्मुसले पत्नी कुञ्जना घिमिरेले यो परियोजना गर्न सकिंदैन भनेर पहिलै सम्झाएको स्मरण गर्दै धुर्मुसले आफ्नै कारणले रङ्गशाला निर्माण सुरु गरिएको खुलासा पनि गरेका छन् । उनले आफ्ना परिवारमाथि आरोप लगाउने गालीगलौज गर्ने नगर्न आग्रह गर्दै परिवारको कुनै गल्ती नरहेको बताएका छन् ।

‘जति गाली गर्नुछ मलाई गर्नुस् । मेरो परिवार अभियान्तालाई गाली नगर्नुस् । मेरो परिवार आत्मदाह गर्ने अवस्थामा पुगेको छ । देशको लागि काम गर्दाको सजाय यति कठोर हुन्छ भन्ने कल्पना गरेको सोचेको थिइँन,’ उनले भनेका छन् । उनले १८ करोड उधारो तिरेर निर्माणको काम अगाडि बढाउने हो भने दुई दिन महिनाभित्र म्याच सुरु गर्न सकिने बताएका छन् । रंगशाला निर्माणमा नेपाल सरकारले असहयोग गरेको धुर्मुले बताएका छन् । उनले अपुग रकम नेपाल सरकारले उपलब्ध गराउने प्रतिवद्धता पनि पुरा नगरेको गुनासो गर्दै भनेका छन्, ‘कतै भागेको छैन, बन्ने आशमा कुरेर बसेको छु ।’

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते