होमपेज > १५ वर्ष कोरिया बसी फर्किएका इभानले सुरु गरे फ्रोजन मःम को व्यवसाय

१५ वर्ष कोरिया बसी फर्किएका इभानले सुरु गरे फ्रोजन मःम को व्यवसाय

बिज्ञापन
बिज्ञापन

वैदेशिक रोजगारका लागि दैनिक हजारौँको संख्यामा नेपालीहरु विदेश जान्छन् । वैदेशिक रोजगारमा गएकामध्ये निकै कमले मात्रै त्यहाँ आफूले सिकेको सीप नेपाल फर्किएर प्रयोग गर्छन् ।

बिज्ञापन

वैदेशिक रोजगारका क्रममा १५ वर्ष दक्षिण कोरिया बसी फर्किएका इभान गिरीले अहिले फ्रोजन मःमःको व्यवसाय सुरु गरेका छन् । उनले यसरी बनाएको मःमः रेष्टुराँ, होटल, क्यान्टिन लगायतमा बिक्री गर्दै आएका छन् । उनी यतिबेला नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा सुरु भएको प्रथम गण्डकी औद्योगिक व्यापार मेलामा आफ्नो उत्पादनको बजारीकरणमा खटिएका छन् । चितवनको भरतपुर–५ तोरीखेतका गिरी कोरियामा छँदा मासिक रू तीन लाख आम्दानी गर्थे ।

बिज्ञापन

गिरीले आफू उद्यमी मात्रै बनेनन् कम्पनीमा आठ जनालाई रोजगार पनि दिएका छन् । भरतपुर–५ शान्तिचोकमा ‘उरी मःमः’ कम्पनी सञ्चालन गरेका छन् । कोरियन भाषाको ‘उरी’ को अर्थ हाम्रो भएको उनले बताए । ‘हामीले स्वचालित मेसिनबाट चिकेन, बफ र भेज मःम उत्पादन गरेर विभिन्न डिपार्टमेन्ट स्टोर्स, रेष्टुराँ, होटल तथा क्यान्टिनमा बिक्री गरिरहेका छौँ’, गिरीले भने, ‘२० लाख लगानी गरी सुरु गरेको कम्पनीमा अहिले लगानी एक करोड पुगेको छ ।’

कोरियामा छँदा खाद्य उद्योगमा काम गरेका उनले नेपालमै केही गर्ने उद्देश्यले पाँच वर्षअघि फर्किएका थिए । सन् २०१८ मा नेपाल फर्किएपछि उनले कम्पनी सञ्चालनको प्रक्रिया सुरु गरेका थिए । सुरुमा गिरी दम्पतीले मात्रै कम्पनी सञ्चालन गरेका थिए भने पछि लगानी बढ्दै जाँदा कर्मचारी पनि थपिएको उनको भनाइ छ ।

बिज्ञापन

कोरियन प्रविधि प्रयोग गरी उत्पादन गरिएको मःम फ्रोजन गरी होलसेल तथा खुद्रा बिक्री गर्दै आएको गिरीले बताए । ‘मेसिनबाट उत्पादन हुने मःम फ्रोजनका लागि डिफ्रिजमा राख्नुपर्छ । छिट्टै फ्रोजन भएको मःम राम्रो हुन्छ’, गिरीले भने ।

‘फ्रोजन मःमबारे आम उपभोक्तामा गलत धारणा भएका कारण कतिपय होटल, रेष्टुराँ तथा क्यान्टिनहरुले हाम्रो उत्पादन लुकाएर बिक्री गर्ने गर्नुभएको छ’, गिरीले भने, ‘हाम्रो मःम ग्राहक वर्गले मन पराउनु भएको छ, तर रेष्टुराँहरुले फ्रोजन मःम हो भनेर बिक्री गर्नसक्नु भएको छैन ।’

उनले कम्पनीसँग दैनिक पाँच हजार प्लेट मःम उत्पादनको क्षमता भए पनि हाल दैनिक दुई हजार प्लेट मःम उत्पादन भइरहेको बताए । ‘मःमको बजारका लागि समस्या छैन, चितवनसहित नवलपुर, मकवानपुर, तनहुँ र पाल्पाको रामपुर पुर्‍याउँदै आएका छौँ’, उनले भने । रासस

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते