होमपेज > हेटौँडा उपमहानगरपालिकाद्वारा प्लाष्टिकको फूलमा प्रतिबन्ध, स्वदेशी फूल प्रयोग गर्न आग्रह

हेटौँडा उपमहानगरपालिकाद्वारा प्लाष्टिकको फूलमा प्रतिबन्ध, स्वदेशी फूल प्रयोग गर्न आग्रह

बिज्ञापन
बिज्ञापन

बिज्ञापन

हेटौँडा उपमहानगरपालिकाले नगरक्षेत्रभित्र प्लाष्टिकको फूल बिक्री, वितरण तथा उत्पादनमा प्रतिबन्ध लगाएको छ। उपमहानगरपालिकाले एक सूचना जारी गर्दै स्वदेशी तथा प्राकृतिक फूलको प्रवर्द्धन गर्न यस्तो निर्णय लिएको जानकारी दिएको हो।

बिज्ञापन

उपमहानगरले प्लाष्टिकको फूल प्रयोगले वातावरणमा नकारात्मक असर पार्ने भन्दै स्थानीयलाई प्राकृतिक फूल र माला प्रयोग गर्न आग्रह गरेको छ। प्रमुख प्रशासकीय अधिकृत भरत गौतमका अनुसार, “प्लाष्टिकको फूल माटोमा नकुहिने भएकाले वातावरणीय सौन्दर्यमा असर पुग्छ। स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्नु हाम्रो साझा दायित्व हो।”

सूचनामा भनिएको छ कि नगरक्षेत्रभित्र प्लाष्टिकको फूलमाला बिक्री, वितरण वा प्रयोग गरेमा नियमनको दायरामा ल्याइनेछ। उपमहानगरपालिकाले स्वच्छ वातावरण र स्थानीय उत्पादनको प्रवर्द्धनका लागि सबैलाई सहयोग गर्न अनुरोध गरेको छ।

बिज्ञापन

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते