होमपेज > राष्ट्र बैंकद्वारा तीन अर्ब ३० करोड लगानी गर्ने तयारी, उपदान तथा पेन्सन कोषको रकम बैंक तथा वित्तीय संस्थामा लगाइने

राष्ट्र बैंकद्वारा तीन अर्ब ३० करोड लगानी गर्ने तयारी, उपदान तथा पेन्सन कोषको रकम बैंक तथा वित्तीय संस्थामा लगाइने

बिज्ञापन
बिज्ञापन

बिज्ञापन

नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको तीन अर्ब ३० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामा ३६६ दिनका लागि लगानी गर्ने भएको छ।

बिज्ञापन

केन्द्रीय बैंकले मंगलबार सार्वजनिक गरेको सूचनाअनुसार, उक्त रकम ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूमा लगानी गर्न लागिएको हो। सूचनामा उल्लेख भएअनुसार, लगानीका लागि योग्य हुन बैंक तथा वित्तीय संस्थाले केही मापदण्ड पूरा गर्नुपर्नेछ। तीमध्ये प्रमुख सर्तहरू – सम्बन्धित संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने, बैंकबाट तोकिएको न्यूनतम कूल पुँजीकोष कायम भएको हुनुपर्ने, निष्क्रिय कर्जा (NPL) कूल कर्जा सापटीको ८ प्रतिशत ननाघ्ने, र खुद निष्क्रिय कर्जा अनुपात ३ प्रतिशतभन्दा बढी नहुने हुन्।

राष्ट्र बैंकका अनुसार इच्छुक बैंक तथा वित्तीय संस्थाले असोज ३० गतेभित्र आफूले लिन चाहेको रकम र प्रस्तावित व्याजदर तोकेर आवेदन दिनुपर्नेछ।

बिज्ञापन

केन्द्रीय बैंकले यो लगानी प्रक्रिया उपदान तथा पेन्सन कोषको रकमलाई सुरक्षित र उत्पादनशील रूपमा परिचालन गर्ने उद्देश्यले अघि बढाएको बताएको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते