होमपेज > रौतहटमा अविरल वर्षा र बाढीले हजारौं हेक्टर धानबाली नष्ट, किसानको वर्षभरको आशा डुब्यो

रौतहटमा अविरल वर्षा र बाढीले हजारौं हेक्टर धानबाली नष्ट, किसानको वर्षभरको आशा डुब्यो

बिज्ञापन
बिज्ञापन

बिज्ञापन

बिज्ञापन

गत असोज १७ र १८ गतेको अविरल वर्षा, बाढी र हावाहुरीले रौतहट जिल्लाभरिका किसानलाई गम्भीर क्षति पुर्‍याएको छ। बाढी र डुबानका कारण हजारौं हेक्टर खेत जलमग्न भई पाक्नै लागेको धानबाली नष्ट भएको छ।

जिल्लाको पूर्वमा बागमती र पश्चिममा लालबकैया, चाँदी, झाँझ, गुजरा लगायतका नदी तथा खोलाहरूमा आएको बाढीका कारण व्यापक डुबान भएको हो। धान काट्ने संवेदनशील समयमै परेको अत्यधिक वर्षा र हावाहुरीका कारण बाली लडेका, बाला झुलेर सड्न थालेका र केही ठाउँमा भर्खर बाला लाग्ने क्रममा बाली बिग्रन थालेको किसानहरू बताउँछन्।

बिज्ञापन

कटहरिया नगरपालिका५ का किसान रामचन्द्र गोसाईं भन्छन्, “धान नै हाम्रो मुख्य खाद्यान्न हो। यो सिजनमा बाली नष्ट भएपछि अब गुजारा कसरी चलाउने भन्ने चिन्ता बढेको छ।”

करिब १६ हजार हेक्टरमा धान पूर्ण रूपमा नष्ट

जिल्ला कृषि ज्ञान केन्द्र रौतहटका प्रमुख सुरेन्द्र प्रसाद कुर्मीका अनुसार, यस वर्ष ३६ हजार हेक्टरमा धान रोपाइँ गरिएको थियो। तीमध्ये करिब १६ हजार हेक्टरमा लगाइएको धान पूर्ण रूपमा नष्ट भएको छ।

धानसँगै अन्य बालीहरूमा पनि क्षति पुगेको छ। कुर्मीका अनुसार १.३१% हेक्टरमा उखु, ४ सय हेक्टरमा तरकारी, २ सय हेक्टरमा केरा, २.३२% हेक्टरमा फलफूल खेती, प्रभावित भएको बताइएको छ।

रौतहटमा कुल ५१ हजार हेक्टर खेतीयोग्य जमिन रहे पनि यस वर्ष ३६ हजार हेक्टरमा मात्र धान खेती गरिएको थियो। अहिले करिब आधा बाली नष्ट भएपछि जिल्लाको धान उत्पादनमा उल्लेख्य गिरावट आउने निश्चित भएको छ।

जलवायु परिवर्तनको असर, मौसम चक्र अस्थिर

कृषि विज्ञहरूका अनुसार, यो अवस्था जलवायु परिवर्तनकै असर हो। रोपाइँको समयमा खडेरी र भित्र्याउने समयमा अत्यधिक वर्षा हुनु मौसम चक्रको अस्थिरता देखाउने संकेत हो। यस्तो असन्तुलनले वर्षेनि किसानलाई आर्थिक रूपमा कमजोर बनाइरहेको छ।

तर, कृषकहरूको गुनासो छ ।  यति ठूलो संकटका बीचमा पनि केन्द्र, प्रदेश र स्थानीय सरकार मौन छन्। क्षति मूल्यांकन, राहत वा क्षतिपूर्तिको कुनै प्रक्रिया नथालिँदा किसानको मनोबल थप खस्किएको छ।

रौतहटजस्ता जिल्लामा धान खेती अझै पनि वर्षामा निर्भर छ। सिँचाइको अभाव, ढल निकासको कमी र पूर्वसूचना प्रणालीको न्यूनताका कारण, यस्तो प्राकृतिक विपद् आउँदा क्षतिको असर ठूलो हुने गरेको हो।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते