होमपेज > दराजद्वारा १०.१० तिहार महोत्सवको घोषणा, आकर्षक अफरहरूमार्फत अत्याधिक बचत गर्ने अवसर !

दराजद्वारा १०.१० तिहार महोत्सवको घोषणा, आकर्षक अफरहरूमार्फत अत्याधिक बचत गर्ने अवसर !

बिज्ञापन
बिज्ञापन

देशभर झिलिमिली तथा उजेलीको पर्वका रुपमा परिचित तिहारको तयारी चलिरहेका बेला, नेपालकै अग्रणी अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले बहु प्रतिक्षित १०.१० तिहार महोत्सवको आयोजना गर्ने घोषणा गरेको छ ।

बिज्ञापन

पहिलोपटक यो सेल अक्टोबर ९ (असोज २३)को राति ८ बजेबाटै लाइभ हुने जानकारी दिइएको छ । यसले उपभोक्तालाई आफ्ना दैनिक काम सकिए लगतैको समयमा उपलब्ध गरिएका विशेष अफरहरूको लाभ उठाउने सुवर्ण अवसर प्रदान गर्नेछ । आकर्षक अफरमार्फत अत्यधिक बचत गर्न सघाउने र चाडपर्वको अवसरमा अझ रोमाञ्चक अनुभव प्रदान गर्ने सोचका साथ घोषित यो महोत्सव अक्टोबर १६ (असोज ३०) सम्म चल्ने जानकारी दिइएको छ ।

बिज्ञापन

दराजले यस वर्षको तिहारलाई थप अर्थपूर्ण तथा रोमाञ्चक बनाउने सोचका साथ महोत्सव मार्फत ७०% सम्मको छुट, निःशुल्क होम डेलिभरी, र रु. १ लाखभन्दा बढीको खरिदमा १० हजारसम्मका फ्ल्याट भौचर पनि उपलब्ध गराउने तयारी गरेको छ । तिहारको तयारीमा व्यस्त होइने यस समयमा, उपभोक्ताले महोत्सव अवधिभर उपलब्ध हुने दैनिक फ्ल्याश सेल, विशेष अफर, र आकर्षत मूल्य मार्फत हरेक दिन नयाँ सौगात प्राप्त गर्न सक्नु हुनेछ । महोत्सव अवधिभर १०.१० लाई थप रोमाञ्चक बनाउने उद्देश्यका साथ यस वर्षको प्ल्याटिनम पार्टर ब्रान्ड सिताफिल र रोह्टोले ४०% सम्म छुट प्रदान गर्दैछन् भने गोल्ड पार्टनरहरू एईविबी, ब्राण्डहाउस र मारिकोले ६०% सम्मको उत्सवमय बचत उपलब्ध गराउने बताइएको छ ।

यसै क्रममा दराजले आफ्को विशेष ब्रान्ड गन्तव्य, दराजमलमार्फत उपभोक्तालाई १००% असली उत्पादनको आश्वासन प्रदान गर्नेछ । यसमा उपलब्ध गरिएका कुनै उत्पादन नक्कली भएको प्रमाणित भएमा कम्पनीले त्यसको तीन गुणा क्याश ब्याक ग्यारेन्टि दिने व्यवस्था गरेको छ । दराजमल मार्फत ग्राहकले सिताफिल, सियाओमी, अल्टिमा लाइफस्टाइल, मसलब्लेजलगायतका अग्रणी ब्रान्डहरूका उत्पादनमा विशेष छुटसहित निश्चिन्तताको प्रत्याभुती पाउनेछन् ।

बिज्ञापन

तिहारलाई नयाँ लुगा, नयाँ शैली र नयाँ सुरुवातको उत्कृष्ट अवसरका रूपमा पनि लिइन्छ । यसै कुरालाई विशेष दृष्टिगत गर्दै दराजले यस तिहारमा फेशनलाई अझ ब्यापक बनाउँदै बोस्सिनी, किलोमिटर, लोट्टो, भ्यान्स, कन्भर्स, एर्के र नाइक जस्ता अग्रणी फेसन ब्रान्डमा ५०% वा सोभन्दा बढी छुट उपलब्ध गराउने ब्यवस्था मिलाएको छ ।

उपभोक्तामाझ विशेष लोकप्रिय निःशुल्क डेलिभरी सुविधालाई पनि दराजले निरन्तरता दिनेछ । चुनिएका उत्पादनहरुमा न्यूनतम रु. ४९९को खरिद गर्दा उपभोक्ताहरुले निःशुल्क होम डेलिभरी सुविधा प्राप्त गर्न सक्नुहुनेछ । यस सुविधाको लाभ उठाउनका लागि भने ग्राहकहरूले दराज एपको होमपेजमा रहेको “फ्रि डेलिभरी” ब्यानरमा क्लिक गरी सम्बन्धित भौचर संकलन गर्नुपर्ने हुन्छ ।

अत्यधिक छुट, दैनिक फ्ल्याश सेल, बैंक अफर र सीमित समयका मेगा डिलहरू प्रदान गर्दै तिहार महोत्सव मार्फत आफ्ना उपभोक्तालाई यस वर्षकै सर्वाधिक फाइदाजनक अनलाइन किनमेल अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ । दराज नेपालले सम्पूर्ण उपभोक्तालाई यस तिहारमा “आकर्षक अफरहरू र अत्याधिक बचत मार्फत पर्व सुहाउँदो रमाइलो किनमेल अनुभवका साथ हर्षोल्लासमय तरिकाले किनमेल अनुभव लिनका लागि सबैलाई हार्दिक आमन्त्रण गरेको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते