होमपेज > इलाममा पहिरोले १८ जनाको मृत्यु, गर्भवती उद्धारका लागि सेनाको हेलिकोप्टर पठाइयो

इलाममा पहिरोले १८ जनाको मृत्यु, गर्भवती उद्धारका लागि सेनाको हेलिकोप्टर पठाइयो

बिज्ञापन
बिज्ञापन

बिज्ञापन

अविरल वर्षाका कारण इलामका विभिन्न स्थानमा गएको पहिरोमा परी १८ जनाको मृत्यु भएको छ। हिजो र आज विभिन्न स्थानमा गएको पहिरोका कारण जनधनको ठूलो क्षति भएको प्रहरीले जनाएको छ।

बिज्ञापन

कोसी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दीपक पोखरेलका अनुसार पहिरोमा परेर घाइते भएकी एक गर्भवतीलाई उद्धार गर्न नेपाली सेनाको हेलिकोप्टर खटाइएको छ। माङसेबुङकी ती गर्भवतीलाई उद्धार गर्न क्याप्टेन भुपेन्द्र शाहीको नेतृत्वमा टोली त्यसतर्फ प्रस्थान गरेको उनले जानकारी दिए।

इलाम जिल्लाको सूर्योदय नगरपालिका१ मानेभञ्ज्याङमा ५, माङसेबुङ गाउँपालिका१ पाटीगाउँमा ३, देउमाई नगरपालिका५ धारेमा १, सोही वडाको धुसुनेमा २, फाकफोकथुम गाउँपालिका३ रातमाटेमा १ र इलाम नगरपालिका५ घोसगाउँमा ६ जनाको मृत्यु भएको एसएसपी पोखरेलले बताए।

बिज्ञापन

प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले घटनास्थलमा उद्धार तथा खोजकार्य तीव्र रूपमा जारी राखेको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते